नेपाल प्रिमियर लिग (एनपीएल): चितवन राइनोजको सुदूरपश्चिम रोयल्समाथि ३३ रनको जित

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको टोली १८.२ ओभरमै १३१ रनमा अलआउट भयो।

सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। तर, कप्तान दीपेन्द्रसिंह ऐरी मात्र एक रनमै आउट हुँदा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन।

चितवनका बलरहरू अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान दुई-दुई विकेट लिएर विपक्षी टोलीलाई सम्हालिन दिएनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो।

चितवनका लागि हसन इसाखिलले उत्कृष्ट ६५ रनको इनिङ्स खेले भने रवि बोपाराले ३६ रनको योगदान दिए। सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए।

यो हारसँगै लगातार तीन खेल जित्दै आएको सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ब्रेक लागेको छ। चितवन राइनोजको यो जितले टोलीलाई अंक तालिकामा मजबुत बनाएको छ।

यस नतिजासँगै एनपीएलमा थप रोमाञ्चकता थपिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]