विराटनगरमा च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ विराटनगर स्थित जलजला चोकमा शुक्रबारदेखि  च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा आएको छ। सो एकेडेमीको उद्घाटन प्रमुख अतिथि कराते महासंघका केन्द्रिय सदस्य धर्म न्यौपानेले केक काटेर गरेका हुन्।

एकेडेमीमा बिहान ६ देखि ८ बजेसम्म र बेलुकी ४ देखि ७:३० बजेसम्म कक्षा सञ्चालन हुने जानकारी कोच साहिल गिरीले दिएका छन्। करातेमार्फत साना नानीहरुलाई सही दिशा प्रदान गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले यो एकेडेमी स्थापना गरिएको उनले बताए।

त्यसैगरी आर्का कोच सुरज कामतका अनुसार, विराटनगरमा कराते सिक्ने व्यवस्थित ठाउँको अभावमा खेलाडी र अभिभावकलाई कठिनाइ हुने गरेको थियो। खेलाडीहरूलाई उचित वातावरण प्रदान गर्न यो एकेडेमी स्थापना गरिएको हो।

उद्घाटन समारोहमा दुई उत्कृष्ट कराते खेलाडी, दर्शना पराजुली र एलिना मगरलाई आजीवन निःशुल्क प्रशिक्षण दिने घोषणा गरिएको छ। कार्यक्रममा खेलाडी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।

यो एकेडेमीले विराटनगरमा कराते खेलको स्तर उकास्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]