विराटनगरमा डा. शेखर कोइराला गुटको दुईदिने भेला सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर १८, २०८१

विराटनगर /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला नेतृत्वको गुटको दुईदिने भेला विराटनगरमा सुरु भएको छ। मंगलबार विराटनगरको जैन भवनमा सुरु भएको यो भेला बुधबार मोरङको बेलबारीमा सम्पन्न हुने छ। डा. कोइरालाले भेला उद्घाटन गर्दै आगामी नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी पार्टी सुदृढीकरणका लागि छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।

कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा गुटले उक्त भेलाको विरोध गर्दै बहिष्कार गरेको छ। संस्थापन पक्षले यो भेला अवैध भएको बताउँदै सोमबार कोशी प्रदेश समितिलाई पत्र पठाएर नेता–कार्यकर्तालाई कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मंसिर १८ र १९ गते विराटनगरमा पार्टीको कुनै औपचारिक भेला वा प्रशिक्षण कार्यक्रम नरहेको स्पष्ट पारेका छन्।

भेलामा डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, संघीय सांसद सुनिल शर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, महामन्त्री उमेश थापा, विराटनगर महानगरका मेयर नागेश कोइराला, मोरङका सभापति डिगबहादुर लिम्बु लगायतका नेताहरू सहभागी थिए।

तर, मोरङबाट कांग्रेसको राजनीति गर्ने केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, र मोरङ क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतलगायत नेताहरू भने भेलामा अनुपस्थित देखिए।

कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले कांग्रेसलाई बलियो बनाउने उद्देश्यले यो भेला आयोजना गरिएको बताए। उनले पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै आगामी महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई सभापति बनाउनुपर्ने आवश्यकता औंल्याए।

कांग्रेस संस्थापन पक्षले भने मंसिर २२ गते कोशी प्रदेश स्तरीय सम्मेलन आयोजना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]