

आज भोली जताततै बच्चा देखी बुढापाखा सम्मको मुखबाट सुनिने शब्द ‘ राजनिति ’ सबैको आ–आफ्नो पाटी यही पाटीले गर्दा कतै मित्रता कतै काट मार । सबै तिर गुन्जिने आवाज ‘ जय नेपाल ’ ‘ जय कमरेड’ ‘जय मधेश ’ यस्ता यस्ता हल्ला हामीले सबै तिर सुनेकै छौँ ।
चियाको टपरीमा बिहान–पख बुढापाखाको भेला चिया सुरुप्प पार्दै “ हैन त्यो अस्ती जितेको नेताले खै के काम गर्दै छ मत केहि गरेको हल्ला नि सुन्दिन त , यस्ले नि केही नगर्ने रहेछ बुझियो कुरो यस्को नि अब काम छैन गयो यस्को कुर्सी ।” आर्को तिर बाट आवाज आउछ “ अली अली काम गरे जस्तो गर्यो त्यसपछी केही मेलो मेसो छैन हैट ! चुरोट सल्काउदै धुवा उडाउदै एक जना बुढा चर्को आवाजमा बोल्ःछन् “सबै चोरहरु हुन् गर्नु केही छैन भोट माग्ने बेला दुई हात जोड्दै घर घर आइपुग्छन् , यसो गर्दिन्छु उसो गर्दिन्छु भइहाल्छ नि हुन्छ त भन्यो खै त यती वर्ष भइसक्यो के गरे खै ? बजेट पचायो , सरकारी गाडी चढ्यो सबै हात्ती आयो हात्ती फुस्स । ” सबै जना ठुलो ठुलो आवाजमा एकै साथ हास्दै चिया पिएर लाग्छन् आ– आफ्नो बाटो । यो नयाँ कुरा होइन सधै भइरहेको विषयको छलफल हो ।
बच्चाहरुकको आफ्नै छुट्टै फौज छ , त यो पाटी म यो पाटी साना साना हातमा पाटीको झण्डा फरफराउदै बाटोमा गुडुडुडु एता र उता । राजनिति के हो थाहा छैन तर नि पाटीको समर्थनमा लाग्छन् हुन त बच्चाहरु जे देख्यो त्यही सिक्छन् , दिमागमा राजनिति पसेपछी भविष्यले कता डोरियाउछ थाँहा हुन्न ।
युवाहरुको भिन्नै किसिमको सोच एउटाले यसो राजनितिको कुरा निकाल्छ अर्कोले ‘ह्या’ नगर है यस्तो बकमफुसे राजनितिको कुरा मेरो अगाडी मलाई सबै हावा लाग्छ राजनिति राजनिति भनेर के गर्नु हुने केही होइन गर्न केही सकेका छैनन् । अरुको देश का बाट का पुगिसक्यो हाम्रो भने जहाँ को त्यही छ यस्तो पाराले के होला ? पछाडी बाट आर्को बोल्छ ‘ यस्तो नभन न आज भोली त यस्ता यस्ता जनप्रतिनिधहरु छन् जो आफ्नो होइन देश र जनताहरुको भलाई सोच्छन् हेर त बालेन र हर्कराज साम्पाङलाई आफ्नो गाँउ ठाँउ बिकासको लागी कती मिहेनत गर्दै छन् । आर्को साथी पानी पिउदै ‘यो दुई जनालाई देखेर त मलाई पनी आर्को चोटी चुनाव मा उठौ उठौ कि जस्तो जोस आउछ बेला बेला त ।’ आर्को साथी हास्दै बोल्छ ‘अब बुढा पाखाहरुको काम छैन कोहि उखान टुक्का सुनाउ बेस्त कोहि नेताहरु कसम खादै बेस्त ।यो पाराले के हाला र तर बालेन र हर्क जस्तो १०–१५ जना निस्कीए त देश परिवर्तन हुन समय नै लाग्दैन । जनताहरुले नेपालमै राम्रो रोजगार र शिक्षा पाए अरु देश दु ः ख गर्न जाने नै थिएनन् । ३० मिनेटको गफ सकेर लाग्छन् आ– आफ्नो बाटो ।
सबैको सोच्ने तरिका बेग्लै भएपनी कुरो भने एउटै हुन्छ ‘ राजनितिले ल्यायो कस्तो गती ’ अहिले देश भर चुनावी माहोल छ चारै तिर उम्मेद्धारहरुको चर्चा परीचर्चा चलिरहेको छ । मानिसहरुको मनमा उम्मेद्धारहरु प्रती सकारात्मक र नकारात्मक सोचहरु आइरहेको छ । आशावादी भएर भोटको लागी घर दैलो गर्लान् कि जनताहरुलाई मासु भात ,रक्सी ,पैसामा किन्लान् ? सयौ कसम खाएर एउटा पनी जनताहरुको हितको लागी काम गर्लान या चुनाव जितेपछी उप्पर खुट्टी लगाएर बस्लान् , देश बिदेश भ्रमण गर्दै समय बिताउछन् ? जनताले सोच बिचार पुर्याएरे हाम्रोलाई होइन राम्रोलाई भोट दिनु उच्चित हो । पाटीलाई भोट दिएर एक छाक मासु भात , ५–१० हजार पैसा पाइन सकिन्छ तर त्यसपछी लामो समय सम्म मुख बन्द। असल व्यक्ति जो हेर्दा यस्ले केहि गर्ला भन्नेलाई भोट दिए समय मै गाँउ ठाँउ विकास होला नत्र यो सिलसिला जिन्दगी भर जारी रहन्छ तर परिवर्तन भने केही हुन्न भन्ने केही मानिसहरुको बिचार र धारण रहेको पाइन्छ।