शिक्षादीपमा कक्षा ११का विध्यार्थीहरुको लागी अभिमुखीकरण कार्यक्

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित बिहिबार, साउन ०३, २०८१

विराटनगर /  विराटनगर १० स्थित रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार कलेजले कक्षा ११ का नयाँ विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहजीकरण गर्दै अभिप्रेरक तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर मिलन गैह्रेले आफनो अनुभव सुनाउर्दै शिक्षादीपले नयाँ विद्यार्थीलाई उत्प्रेरित गर्न हरसम्भव कोसिस गरेको बताए ।
उनले अफठ्रो परिस्थतीमा पनि विद्यार्थीहरुले आफूहरु कसरी अगाडी बड्ने, अध्ययन गर्दै जादा विभिन्न चुनौँतीहरु आउछन् त्यसलाई कसरी हल गर्ने जस्ता महत्वपूर्ण कुराहरु सेयर गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले उज्ज्वल भविष्यको कल्पनासहित शिक्षादीप भर्ना भएका विद्यार्थीहरूलाई शुभकामना दिएका छन् ।

विद्यार्थीले आफ्नो मात्र नभएर परिवार, समाज र देशका लागि केही गर्ने अठोटका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै विगतका नतिजाले नभई वर्तमानको मेहनतले भविष्यको टुङगो लगाउने बताए ।

त्यस्तै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले अबका दुई वर्षमा विद्यार्थीहरूमा आउने चुनौतीको सामना गर्न अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
प्रवीणता तह जिन्दगीको टर्निङ प्वाइन्ट भएको उल्लेख गर्दै जब विद्याथीहरुको सफल्तामा अभिभावकहरुको खुशी हुने दिन आउछ त्यो दिनमात्र कलेज परिवार खुशी हुने बताउर्दैे यो समयको सदुपयोग गर्दै आफ्नो भविष्य उज्ज्वल पारेर आफ्ना अभिभावकको सपना पूरा गरी कलेजको लक्ष्य साकार गर्न शुभकामना दिएका छन् ।

कलेजका सहप्राध्यापक ललितकुमार मण्डल,विज्ञान संकायका कोर्डिनेटर नवीन राय, कलेजका चिफ डायरेक्टर रमेशकुमार मण्डल लगायतले विद्याथीहरुको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षादीप कलेजर्नै रोजेकोमा विद्यार्थी र उनीहरूका अभिभावकलाई धन्यवाद दिए ।

अनुशासन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर कलेज अगाडि बढिरहेको उनीहरुले बताए ।

कार्यक्रममा हालै शिक्षादीपमा भर्ना भएका विद्यार्थीहरूले अरू कलेजबीच शिक्षादीप रोज्नुको कारणबारे आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]