

विराटनगरले ट्राफिक लाइट जडान गरिसकेपछि ट्राफिक को नियम अनुसार सवारि साधन सञ्चालन भइरहेको छ । यो एउटा विराटनगरवासिलाई नयाँ सिकाइपनि हो । र यस्ले केहि समयपछि जनतामा एउटा संस्कार पनि सिकाउछन् ।
विराटनगर महानगरपालिकाको ट्राफिक लाइटले विराटनगरवासीलाई एक सहि संस्कार सिकाउदैँ गरेको छ । प्रत्येक दिन विराटनगर भित्र पुगीसकेपछि ठाउँठाउँमा ट्राफिक लाइट भएकोले नगरवासि त्यस नियमलाई आत्मसाथ गरेको छ । प्रत्येक दिन काम गर्न आउँदा र जाँदा ट्राफिक लाइटको सामना गर्नुपर्दा धेरैलाई अप्ठयारो र हतारको बेला रिस उठेपनि अहिले क्रमबद्म सो विषयलाई व्यवहारमा परिवर्तन भएको देखिन्छन् ।
संस्कार एउटा मान्छेको जीवनमा हुनैपर्ने विषय वस्तु हो । किनभन्ने मानव जातिको विकास संगै मानव जातिको दुर्गती पनि भएकै हो । गार्डिको आविश्कार पछि दुर्घटना बढे जस्तै, विकास भएपछि सबै काम मेसिनले गरेपछि मानव जातिमा कमजोरी र विभिन्न रोगको उत्पादन, सेवासुविधा बढि पाएपछि मेहनेत गर्ने बानिको नाष जस्ता विषय वस्तुहरु हुन्न ।
विराटनगरको बगार्छि चौकमा पहिले प्राय दुर्घटना हुने गर्थे सायद अब नहोला त भन्न सकिन्न तर ट्राफिक लाइटका कारणले दुर्घटना पकै केहि कम गर्न सकिन्छ होला । ट्राफिक लाइटको कारणले भएपनि गति सिमित भएकोले र अगार्डि ट्राफिक लाइट छ र ट्राफिक छ भनी गार्डिको गति केहि सिमित राख्दा दुर्घटना कम हुने हुन्छन् । ठाउँठाउँमा एक मिनेट अथवा सो भन्दाबढि पर्खि पर्खि जाँदा र आउँदा दिक्क सायद लाग्ला तर दुर्घटना न्यूनिकरण गर्न सक्नु त्यो दुर्घटना भन्दा सयौँ गुणा राम्रो भन्नु हो ।
हुनत विराटनगर महानगरपालिकाले अरु गर्नुपर्ने कामहरु धेरैनै छन् तर यो ट्राफिक लाइटको व्यवस्थापनले केहि दुर्घटनालाई कम चैँ पकै गरेको छ भन्नुपदर्छ । तेस्तै गरि बच्चालाई जे सिकाइन्छ बच्चाहरु उस्तै सिकिनेछन् भन्ने विषय वस्तु हामी सानै देखि हालसम्म सिक्दै आएका छौँ । बाल्यकाल यस्तो अवस्था हो जस्ले गलतलाई सहि भनेपछि बच्चाले त्यस विषयलाई अनुसरण गर्दछन्, बोध गर्दछन् र व्यवहारमा पनि उतार्छन् । र सानै देखि गलतलाई गलत र सहिलाई सहि भन्ने शिक्षा दिन सकियौँ भन्ने यस हाम्रो समाजमा विकृति, कुरीति जस्ता विषय वस्तु सायद उत्पादन हुन्ने थिएन होला ।
तर हामी अहिले बालबच्चाको अगार्डि रक्सी खाने गर्छौँ, चुरोट खाने गर्छौँ, झुठो बोल्छौँ, अरुलाई गलत व्यवहार गर्छौँ, धोखादाडि, झुठा आश्वासन अरुलाई दिन्छौँ भनेर भन्दा सायद तपाईँलाई र हामीलाई पकै रिस उठेपनि रिसाउन सक्नुहुन्न होला । किनभने हामी यस्ता व्यवहारहरु प्रत्येक दिन अधिकाँशले गर्दछन् । अर्थात हामीले हरेक पल गर्ने गर्छौँ ।
सत्य कुराहरु यस प्रकार छन् ।
रकसी खानुहुदैन, झुठो बोल्नु हुदैन, जहिल्यै सत्य बोल्नुपर्छ, कसैलाई दुखपिडा दिनुहुदैन, जथाभावि फोहोर फाल्नुहुदैन, भ्रष्टाचार गर्नुहुदैन, धोखा दिनुहुदैन, जालसाज काम गर्नुहुदैन, बाबाआमालाई संधै माया गर्नुपर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ, ठुलालाई आदर र सानालाई माया जस्ता विषय वस्तुहरु हाम्रो मानव जातिमा यस्ता कुराहरु सम्भवत घरकै परिवारजनले बालबच्चालाई सिकाइदिन्छन् ।
संस्कार भन्ने वितिकै म, तपाईँ र हामी कसरी व्यवहार, ज्ञान र सोचवाट जीवनयापन गर्छौँ भन्ने नै हो । तपाईँको परिवार तथा तपाईँको शिक्षा पद्दति अनुसार नै तपाईँको व्यवहार र सोच अनुसार नै काम गर्ने गर्छौँ । बाल्यकाल यस्तो समय हो जहाँ जस्तो सिकायौँ उस्तै सबै बच्चा सिकने गदर्छन् । सानै देखि तेसैले भएपनि बालबच्चालाई राम्रो ज्ञानगुनका कुराहरु मात्रै सिकाउने गर्नुपदर्छन् ।
हो तेस्तै भरखरै यहि चालु आर्थिक वर्षमा कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र विराटनगर महानगरको बजेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक लाइट जडान गरिएको छ । बढ्दो सवारी साधनको चापले गर्दा यातायात व्यवस्थापनमा जटिल बन्दै जादा विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेकाले सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक लाइट जडान गरिएको हो । दैनिक ४० जना ट्राफिक प्रहरी विराटनगरमा खटिने गरेको बताइएको छ ।
विराटनगर महानगरपालिकाको रोडशेष, महेन्द्र चोक, शनि मन्दिर, बरगाछी, कन्चनबारी, जलजला चोक, हस्पिटल चोक र तीनपैनी चोकमा ट्राफिक लाइटको निगरानी अनुसार काम भइरहेको छ । सोही अनुसार विराटनगर महानगर र जील्ला ट्राफिक प्रहरीले सिटी सफारी व्यवस्थापन गर्न नसक्दा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेका थिए र चोक–चोकमा ट्राफिक प्रहरीहरू मानवीय तरिकाले सवारी साधन नियन्त्रण गर्न बाध्य भएका थिए । स्थानीय वासिन्दाहरुलाई बढ्दो सवारी साधनको चापलाई व्यवस्थित गर्न ट्राफिक लाइट अत्यन्त आवश्यक रहेको थियो । सो यसले दुर्घटना कम गर्न र समय बचत गर्न मद्दत गर्नेछ भनी ट्राफिक लाइट लगाइएको छ ।
निष्कर्ष ः विदेशमा स—साना बालबालिकाहरु केहि खानेकुरा खादापनि प्लाष्टिक, उत्त व्यग कहाँ फाल्ने भनेर डस्विन खोज्छन् भन्ने यहाँ ठुलो मात्राको फोहोर जथाभावि फालेको देखिन्छन् । हो तेसैको लागि हरेक नागरिकले चेतनशिल, समझदार र ज्ञानी हुनजरुरी छन् । संस्कार कानुन र नियमले सिकाउने कुरा मात्रे होइनन्, र हामी, हाम्रो भावि पुस्तालाई के सहि ज्ञान दिन्छौँ भन्ने कुरा पनि हो । भावि पूस्ताले हामी बाटै सिक्ने हो नकि अरु आकाशवाट आएको कुनै एलियनबाट । तेसैले हामी राम्रो सोचको विकास गर्नैपर्छ नभए पछिपनि राम्रो हुन्छ भनेर भन्न सकिन्न होला ।