

आसन ग्रहन एक किसिमको कार्यक्रमको सुरुवात गर्नु हो । यहि आसन ग्रहन हो ज्सले को कतिसम्म ठुलो र सानो छन् भन्ने विषय वस्तु मजाले देखाइदिन्छन् । तपाईँको सानै देखिको संगैको साथी मञ्मा प्रमुख अतिथि हुदै देख्दा कस्लाई राम्रो लाग्छ र । संगै गाउँमा कबडी खेलेको, चोर पुलिस खेलेको, लुकाछुपी खेलेको, पुली ढंटा र संगै यत्रो वर्ष संसार घुमेको नजीकको साथी जब एउटै स्टेज कार्यक्रममा कसैलाई मञ्चमा आसन ग्रहन त कसैलाई मञ्च तल यथास्थान अतिथि आसन ग्रहन गराउँदा कस्लाई राम्रो लाग्छ होला । कतिपयले त अतिथि आसन ग्रहन नगराउँदा अर्को पटक सहयोग र आफुले कार्यक्रम गर्दा उत्त व्यत्तिलाई कार्यक्रममा बोलाउँदैनन् पनि । र दुश्मनी भएको पनि हुन्छन् पनि ।
किनभने मान्छेको मनमा इशर््या, लोभ, लालच, र अरु प्रति नकारात्मक सोच हुनु यो प्रकृतिको देन हो । अर्थात साथीले अचानक धेरै प्रगति गर्नु र आफुलाई खुशी महसुश हुनु सायद यो हुदैनन् होला किनभने मान्छेको प्राकृतिक स्वभाव नै अरुलाई खुशी देख्नै बितिकै आफु दुखि हुनु हो । र प्राकृतिक रुपमा नै मानव जातिको सोच अली फरक नै हुन्छन् ।
हामी मानव जाती यस्ता प्राणी हौँ कि हामीलाई जन्मदेखि मृत्यूसम्म ज्ञान, शिक्षा र सिकाइ दिने हाम्रो बाबा, आमा र गुरु जस्ता महान ज्ञानीहरु प्रतिदिन ज्ञान दिइरहेको हुन्छन् । तर जङ्गलमा बाघले आफै नमारेको जनावर कहिल्यै खादैनन् उस्लाई कसैलेपनि सिकाइरहेको हुदैनन् नै । प्राकृतिक ज्ञान उस्लाई मिलेको हुन्छन् । प्राकृतिका धेरै यस्ता वस्तुहरु छन जस्लाई समयले आफै सिकाइरहेको हुन्छन् । त्यसैगरी मानव जातिमा इशर््या, लोभ, लालच, सकारात्मक र नकारात्मक सोच विचार समय समयमा परिवर्तन भइरहेको हुन्छन् ।
म, हामी र तपाईँको संगै हुर्केको साथीहरु कसैले राजनिति गर्दा सांसद, त कसैले मन्त्री नै हुन्छन्, त कसैका साथीहरु साधारण जीवन व्यथित गदर्छन्, त कसैले सरकारी कर्मचारी र कोही धनी साथीहरु समाजको प्रतिस्ठीत मान्छे बन्न पुग्छन् । सोही अनुसार कार्यक्रम सञ्चालकले पनि कार्यक्रमको तालिका अनुसार अतिथि आसन ग्रहन गराउने स्वभावीक नै हो ।
आसन ग्रहन प्रक्रिया यस प्रकार हुन्छन् ।
आसन ग्रहन पनि एक फरक फरक प्रक्रिया बाट गरिन्छ कसैले राष्ट्रिय गान गाउँछन् भन्ने कसैले राष्ट्रिय गान म्यूजिक सीस्टममा बजाउछन् । संस्थाको अध्यक्ष कार्यक्रमको सभापत्ति हुन्छन् भन्ने त्यस कार्यक्रमको अथवा त्यस कार्यक्रममा उपस्थितिमा सबैभन्दा वरिष्ट मानीने व्यत्ति अथवा इमान्दार भनिने व्यत्ति त्यस कार्यक्रमको प्रमुख अतिथि हुन्छन् । तेसैगरि विशिष्ठ अतिथि र अतिथि बनाउने चलन रहिआएको छ । र अन्त्यमा सबैलाई यथास्थानमै अतिथिको आसन ग्रहन गरिदिनुहुन अनुरोध गर्दै कार्यक्रम सञ्चालकले क्रमबद्घ रुपमा कार्यक्रमको तालिका अनुसार सो औपचारीक कार्यक्रमको सुरुवात गर्दछन् ।
दौसल्ला ओढाउने, ब्याच वितरण, र राष्ट्रिय गान देखि विर सहिदहरु प्रति मौन धारण र प्रमुख अतिथिको हाथबाट दियोमा बत्ति बाली तथा स्वागत मन्त्व बाट प्राय जसो सबैले यस प्रकार कार्यक्रम सुरुवात गर्ने गरेको देखिन्छन् ।
र सबै भन्दा पहिला कार्यक्रम भनेको समयमा सुरुवात त हुदैनन् नै । कार्यक्रममा सबैको नाम, उपनाम साथै पदीयनाम भन्दाभन्दै वाक्क दिक्क लागेर स्थानीय सर्वसाधारण जनता अथवा कार्यक्रममा आएका केही प्रतिशत उपस्थित सदस्यहरु घर पुगीसकेका हुन्छन् ।
त्यसमा पनि कसैले मेरो नाम भन्दिएन भनेर भाग्छन् भन्ने त कसैले मेरो सम्मान भएन कार्यक्रममा भनेर भाग्छन् । मलाई मेरो हेसियत अनुसार अतिथि बनाएन भनेर कार्यक्रम बाट अश्न्तुष्ट भएर भाग्छन् ।
भाषण बाजी मात्रै ।
अधिकाँश कार्यक्रममा राजनितिक पार्टिका गाउँ देखि सहरसम्मका नेताहरु प्राय सबै कार्यक्रममा उपस्थित भई सम्मान, अतिथि आसन ग्रहन र दौसल्ला ओढन पकै पुगने गरेको हुन्छन् र राजनितिक भाषण बजी हुने कुरा त भइनै हालियो । राजनितिक भाषण र देश बिकासका कुरा अहिले प्राय सबै नेताले जतिसुकै गरेपनि जनता पत्याउने पक्ष्यमा नभएर कति कार्यक्रममा सर्वसाधारण जनता आधि कार्यक्रमै उपस्थिति शुन्य अवस्था भइरहको पनि हामी देख्न सक्छौँ ।
र यो भाषण बाजी कसो नहोला किनभन्ने सबै कार्यक्रमहरुमा बजेटिङ्ग र म्यानेजिङ्ग भन्ने विषय वस्तुपनि त हुन्छन् सोहि अनुसार कार्यक्रमको तालिका र भाषण बाजी हुन्छन् । कतिपय स्थानको कार्यक्रममा त कार्यक्रम खर्च पैशा दिएर भएपनि कार्यक्रममा बोल्ने चलन रहिआएको छ । र देशको सबै क्षेत्रमा राजनितिक अभ्यिाष भएकोले भएपनि कार्यक्रममा भाषण बाजी र एक अर्का प्रति प्रतिसोध जस्ता भाषण बाजी गतिविधि पनि आजभोली हेर्न सकिन्छन् । म ठुलो तँ सानो, म बढि जान्ने तँ कम जान्ने जस्ता कुराहरु समाजमा प्रयाप्त हेर्न र महशूष गर्न सकिन्छन् । जुन विषय मजाले मानव जातिमा स्पष्ट रुपमा देख्न सकिन्छन् ।
एक अर्काको कुरा जहिल्यै काटिरहेको हुन्छौ । साथि भाई स्टमित्र, परिवारजन तथा आफनै नजिकको मान्छेसंग को कुरा, अगाडि नभएपनि पछाडि म, हामी र तपाईँ प्रायले कुरा काटिरहेका हुन्छौँ ।
उधाहरणका लागि ।
ए त्यो मान्छे, खतम छन्, यि मान्छे छया, कस्तो अल्टर रहेछ, ए त्यो फोकसिङ्ग मान्छे हो, त्यो त एक नम्बर भ्रष्ट मान्छे हो, त्यो पागल हो, उस्को गफ मात्रै ठुलो जस्ता कुराहरु हामी एक अर्काको कुराहरु काटिरहेको हुन्छौ एक चोटी हामी आफुलाई बुझन जरुरी छन् । र अरुको बारेमा आफु राम्रो सोचिएन भन्ने मेरो बारेमा अरुले किन राम्रो सोच्छन् भन्ने विषय पनि हामी बुझन जरुरी छन् ।
निष्कर्ष ः कार्यक्रममा अतिथि आसन ग्रहन भनेको एक प्रक्रीया मात्रै हो । जस्मा कार्यक्रम सञ्चालकले गर्नैपर्ने हुन्छन् । यस विषयलाई लिएर कोही सानो र कोही ठुलो हुदैनन् नै । कार्यक्रमहरुमा भाषण बाजी सो कार्यक्रमको उदेश्यसंग मेल खाने र उपल्बधी मुलक हुन जरुरी छन् । तर यहाँ अधिकाँश प्राय कार्यक्रमहरु जनताको प्रत्यक्ष जनहीत र जनसरोकारसंग समन्धित हुदैनन् ।