इन्स्ब्रुकको सुन्दरता

Logo
दिलकुमार घमाल प्रकाशित आइतबार, कार्तिक २५, २०८१

कविता

इन्स्ब्रुक, अष्ट्रियाको शान्त र रमणीय सहर

जहाँ हिमालको चुलोले आकाशसँग मिल्छ

नदीको मुहारमा सूर्यको किरण खेल्छ

र हावा सँगै उड्दै जान्छ संसारको शीतलता

पर्वतका काखमा हरियाली बग्दै

सहरको गल्लीमा मुस्कान फैलिंदै

हरेक पाइलामा इतिहास बोल्छ

यो सहर

यहाँको जीवन साँचै अद्भुत छ

हिमालका शिखरले यहाँको शोभा बढाउँछन्

नदीका लहरहरू सँगै गीत गाउँछन्

धेरै चिसो र शान्ति यहाँका दिनहरू

सपना जस्तो, कल्पनाबाट बाहिर निस्केको

सुन्दरताको कुदन

हजारौं पर्यटक यात्रा गर्न यहाँ आउँछन्

र हरेक हृदयमा शान्तिको गूञ्ज उठाउँछन्

इन्स्ब्रुक, तिमी साँचै स्वर्गिक छौं

तिमीमा हर्ष र शान्ति सँगै साँचिएको सपना छौं

इन्स्ब्रुक !

तिम्रो बयान गर्न सक्दिन

तिमीले लगाएको गुन तिर्न सक्दिन

आकाशझैं फराकिलो छ तिम्रो हृदय

सयौंको भविष्य निर्माण गरिदिएका छौं

हजारौंको भोक र प्यास मेटाएका छौं

त्यसैले त तिमी महान छौ

तिमीलाई भेट्न आउनेहरु

मन्त्रमुग्ध भएर फर्किन्छन्

तिम्रो सुन्दरता र

महानताको

सबैले प्रशंसा गर्दछन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]