अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा मनिषा राजवंशी

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर / थाईल्याण्डमा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा झापा जील्लाबाट मनिषा राजवंशी लगायत नेपाली यूवा यूवतीहरुले विभिन्न विधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । थाइल्याण्डको राजधानी शहर बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली युवा युवतीहरुले विभिन्न विधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

उत्त अन्तर्राष्ट्रिय प्रतियोगितामा मनिशा राजवंशीले हेरिटेज पेटाइटमा र प्रशंसा बुढाथोकीले हेरिटेज जेम्स्को सिनियर विधामा, वसन्त लामिछानेले मिष्टर हेरिटेजमा, सुश्मिता श्रेष्ठले एमएस हेरिटेजमा र अलिशा लोले मिस हेरिटेज इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउन लागेका हुन् ।

उनीहरुलाई नेपालका प्रमिला क्षेत्रीले नेशनल डाइरेक्टर रहेको संस्था प्रोमोटिङ सलुशनबाट सहभागिताको हेरिटेज प्याजेन्टस्मा सहभागिताका लागि अवसर प्राप्त भएको हो ।

यस अघि सोही संस्थाको आयोजनामा पहिले भएको सम्पन्न मोडल सुपरस्टार नामक प्रतियोगितामा वसन्त लामिछाने र प्रशंसा बुढाथोकी विजेताका रुपमा चयन भएका थिए ।

यस बाहेक हेरिटेज प्याजेन्टस्को फाइनल प्रतिस्पर्धाकै दिन अर्थात् १६ नोभेम्बरमा सम्पन्न हुने ग्राण्ड हेरिटेज् रनवेमा शिशिर लामिछाने मोडलका रुपमा सहभागिता जनाउने छन् फेसन डिजाइनर समिक्षा लामिछानेले आफ्ना सृजनालाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने भएका छन् ।

यस टिमलाई इभेन्ट निर्देशक रमेश शाहीले नेतृत्व गर्दैछन् । सहभागि प्रतिस्पर्धीहरु मध्ये बसन्त लामिछाने र प्रशंसा बुढाथोकी मोडल सुपरस्टारका विजेता हुन् भने सुश्मिता श्रेष्ठ, एलिशा लो र मनिशा राजवंशी अर्गनाइजर च्वाइस विधाका विजेता हुन् । यसैगरी मोडलतर्फ सहभागि भएकाहरु शिशिर लामिछाने मोडल सुपरस्टारका विजेता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]