राष्ट्रिय गान जस्तै म, हामी र तपाईँ बन्न सके

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

दशैँ, तिहार र छठ पर्वको समयमा तपाईँको गाउँ घर अथवा सहर बजारमा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय गान बजेको हुनुपर्छ । सो कार्यक्रममा राष्ट्रिय गान बजदा म र हामी पकै कुर्सिमा बसेको सबैजना उभि सो गान म्यूजिक सिस्टममा लगाएर सुध, सफामनले देशको लागि एकछिन भएपनि प्राथना गर्नु भएको हुनुपर्छ । र हामी त्यो गान गाउँदा र सुन्दा हाम्रो मनभित्रबाट देश प्रति विभिन्न भावनात्मक सद—विचार उत्पन्न पकै भएकै हुनुपर्छ ।

उत्त नेपालको राष्ट्रिय गान सुन्दा अथवा गाउँद देश प्रतिको समान र देश प्रतिको भावनात्मक सद विचार ओतप्रोत रुपमा एकछिन भएपनि शरिरका मांसपेशीहरु उतेजित भई हाम्रो शरिरको अङ्ग सिरिङ्ग भएको हुन्छन् । देशको सहिद, हाम्रा देशको सबै जातजाति, सम्पदा, र विरहरुको रगत बाट बनेको देशको चर्चा भइराख्दा झनै शरिर र हाम्रो सोचमा परिवर्तन भइरहेको महशूस हुन्छन् । देशका लागि गरिएको बलिदान र योद्घाप्रतिको सकारात्मक सोचको विकास हुन्छन् । यस्ता विषय वस्तुहरु एकछिन भएपनि देश प्रति जवाफदेहि र उत्तरदायित्वको भावनात्मक सद—विचार जागृत हुन्छन् ।

हाम्रो नेपाली राष्ट्रिय गान “ सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ” मिति २०६२/०६३ को आन्दोलनपछि बनेको हो । यस गानमा हाम्रो हिमाल, पहाड, तराई र देशका विभिन्न जातजातिप्रतिको विषयलाई व्याख्या गरिएको हो । त्यसैले भएपनि राष्ट्रिय गान गाउँदा मन उत्शाह र गर्व महशुस हु्न्छ । हाम्रो पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भिर’ लाई संसदले खारेज गरेपछि नेपालको नयाँ राष्ट्रिय गानको खोजी गर्दा यस गान “ सयौँ थुङ्गा ” बनाईयो ।

राजतन्त्र सकिएपछि नेपाल सरकारको राष्ट्रिय गानको मापदण्ड तोकिए अनुसार गान तयार गरियो । नेपालको विभिन्न जातजाति, भौगोलिक, सांस्कृतिक, प्राकृतिक सम्पदा समेटिएको हुनु पर्ने, राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने विषय वस्तु समेट्नु पर्ने भनिएको थियो । साथै ८ हरफ र बढीमा ५० वाक्य शब्द संरचना पनि तोकिएको थियो । र सो गान अम्बर गुरुङको संगीतमा एउटा समूहले गाएपछि हाम्रो राष्ट्रिय गान झन् लोकप्रिय बन्यो ।

नेपाली राष्ट्रिय गान यस्तो छ ।

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली ।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

यस राष्ट्रिय गानलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो । यसलाई अन्तरिम संसदका सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए । तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान “ श्रीमान् गम्भिर ” नेपालीलाई वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन प्रतिनिधि सभा घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो । अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान “ सयौँ थुङ्गा फुलका हामी ” शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।

निष्कर्ष ः देशको राष्ट्रिय गान सुन्दा र गाउँदा जसरी देशप्रति सद—विचार उत्पन्न हुन्छन् सायद यसै गरि संधैभरी मन सफा र सुध दृष्टिकोण बनाउन अथवा राख्न सके देश र जनताको लागि अझै राम्रो हुनेथियो । तर गान सकिएपछिको मानव जातिमा जुन व्यवहार देखीन्छन् त्यो हेर्न लायकको हुन्छन् । कहिँ नभएको भाषण र झुठा आश्वासन बाहेक अरु केहि देखिदैनन् । यसो भनिरहदा सबै मानव जाति नराम्रो छन भन्ने पनि होइनन् । केहि राम्रा काम पनि गरिरहेका छन् पनि ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]