

छठ पूजामा सूर्यलाई पूजा गर्छौ । सूर्यलाई पुजा गर्ने भनेको बिस्वको प्रकृति प्रति सम्मान, आदर र अपार माया गर्ने भन्ने नै हो । र कुनैपनि पर्व भन्ने वित्तिकै सुध मन, सफा ह्दय, र सफा दृष्टिकोण बनाउनु र हुनु नै हो । यो संसारमा प्रकृतिलाई पूजा गर्ने यो मात्रै हो भन्न चैँ पकै सकिन्न होला ।
सन्तान प्राप्ति, निरोगि, शुख, समृद्घि र चर्मरोग निको हुने लगायत अन्य रोगहरुको पनि समस्या समाधान गर्ने यस छठ पर्वको जनविश्वास रहिआएको छ । साथै यस छठ पुजा वषौँ देखि देश र विदेशमा मनाउदै आएका छन् । र सूर्यको उपासना गरी मनाइने छठ पर्व एक किसिमले प्राकृतिक वस्तु तथा प्राकृति सम्पदा प्रति सम्मान पनि हो । यहाँ मांसाहार र अन्य जनावरको कुरा हुदैनन् । भन्ने हो भन्ने यो एक किसिमको भगवान् प्रति सम्मान पनि हो । यस पर्वमा कृषि सम्बिन्धि प्राय सबै प्रकारका कृषि किसान र कृषि त्पादनहरुको साथ पुजा आजा गर्ने पर्व पनि हो ।
यस पर्वलाई प्राकृतिक पर्व पनि भन्न सकिन्छन् किनभने यस पर्वमा चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उँखु, स्याउ, नरिवल लगायतका सबै प्रकारका सुध साकाहारी प्राकृतिक वस्तु तथा फलफूलहरुले छठ पर्वको प्रमुख प्रसादको रुपमा रहनछन् ।
यस पर्वको कारणले माटोका सामग्री विक्रीवितरण भए, कृषि उत्पादन गर्ने व्यापारमा फाइदा भए, कृषि र किसानको आमदानी भए र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अधिकाँशलाई फाइदा भए लगायत देशको आम्दानीमा केहि हदसम्म फाइदा भए जस्ता विषय वस्तुहरु हामी बिर्सीन सक्दैनौँ ।
गाउँ घरमा गाइको गोबरले आँगणमा लिप पोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले र्अपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्मा भई प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ । खरना दिन देखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइसकेपछि छठ पर्व सम्पन्न भएको जनबिस्वास छ । खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा पनि लिइन्छ ।
शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अर्घ दिनुभन्दा एक दिन अघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाँइधुवाँइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।
सूर्यको पुजा गर्ने संसारमा छठ एक मात्र यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ । खरनापछि तेस्रो दिन साँझ दिइने अर्घका लागि ब्रतालुहरू रातिबाटै पूजाको सामग्री तयार गर्न जुट्दछन् । चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उँखु, स्याउ, नरिवल लगायतका प्राय सबै प्रकारका फलफूल छठ पर्वको प्रसादको रुपमा हुन्छन् ।