

यस देशको भविष्य म, तपाईँ र हामी भोली भविष्यमा सुिनश्चित गर्नेछौँ विकास र समृद्घिको बाटो । तपाईँको र हाम्रो समाजबाटै यस देशको राम्रो भविष्य कोर्नेछन् । तर हामी कस्तो समाज र कस्तो देशको कर्णधार उत्पादन गर्दैर्छौैँ भन्ने विषय वस्तु बैचारिक वहस र वृह्त छलफल गर्न जरुरी छन् । हाम्रो शिक्षा, ज्ञान, व्यवहार र सामाजिक मुल्य मान्यताको आधारमा नै हाम्रो जीवनको सुरुवात हुन्छन् । हामी कस्तो समाज र कस्तो वातावरणमा हुर्किरहेका छौँ भन्ने नै हो । मान्छेको बच्च मान्छे नै जन्म लिइन्छन् नकि भगवान् । अब हामी कस्तो छौँ र हामी कस्तो बच्चा उत्पादन गर्छौँ भन्ने विषय वस्तु एक गहन विषय पनि हो । तेसैले भएपनि यस विषयमा छलफल गर्न जरुरी छन् । हामीले यस देशको सबै सरकार हेरियौँ र निति पनि हेरीयौँ, विकास र भ्रष्टाचार पनि हेरियौँ, समाज —समाजमा द्घन्द, झगडा र विकृति जस्ता यस्ता धेरै कुराहरु हेरियौँ पनि । म, हामी र तपाईँ जस्तो छौँ तेस्तै समाज र विकास तेहि क्रममा हुन्छन् भन्नु सायद म गलत हुदिन होला । यसै सन्दर्भमा यस लेख र विचार देख्दैछु ।
हामी सबैजना यहि प्रकृति, यहिवातारण, यहि समाज र नेपालको जातिबाटै आएका हौँ । जहिल्यै हाम्रो व्यवहारमा आफनो भाषा, कला, संस्कार, भेषभुषा जस्ता विषयहरु प्रतिदिन कहिँनकहिँ देखाउछौँ । यसलाई नै समाजले दिएको संस्कार भनिन्छन् । हो यसैबाट हाम्रो मानव जातिकोपनि ज्ञान, सोच र विचार विकसीत हुदै गएको हुन्छन् । तेसैले हामी हाम्रो समाज र संस्कार अनुसार नै संतान जन्म लिइन्छन् ।
हो तेसैले भएपनि जातिय संस्थाहरुमा केहि कानुनी सुधार गर्न जरुरी छन् । यो देशको भोली भविष्यको मन्त्री र प्रधानमन्त्री म, हामी र तपाईँ बाटै कुनैपनि व्यत्तिले नेतृत्व समाजबाटै गर्दै देशको नेतृत्व गर्दछन् ।
समाज बाटै जातिय संस्थामा एक पद एक व्यत्ति र एक कार्यकाल हुन जरुरी छन्, जातिय संस्थामा अध्यक्ष पदको कार्यकाल मात्रै तिन वा सो भन्दा बढि पाँच वर्षको कानुनी व्यवस्था हुनुपर्छ, जातिय संस्थाको सदस्य तथा जनसंख्या अनुसारको अक्ष्यकोषको अनिवार्य व्यवस्था, प्रत्येक महिना सबै जातजातिको संस्थाहरुले सामाजिक सञ्जाल तथा समाचार माध्यमवाट हिसाब किताब सार्वजनिक गर्ने कानुनी व्यवस्था, अध्यक्षले वार्षिक कार्ययोजना अनुसार काम नगरे सिधै अध्यक्ष पदवाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था अनिवार्य जस्ता कानुन तथा ऐन बनाउन एकदमै आव्श्यक्त रहेको देखिन्छन् ।
किनभने भविष्यमा यसो गर्दा समाजमा नेतृत्व विकास हुदै गाउँ र समाजमा विकासको रहर हुन सक्छन् । किनभने यहाँ अधिकाँष केहि धेरै जातिहरु छन् जुन जातिहरुको नेतृत्वहरुले हरेक वर्ष दुई र तिन ओटा कार्यक्रम बाहेन अरु कुनै राम्रो योजना नरहेको देखिन्छन् । र सरकारले पनि राम्रो सहयोग चाहिएको पनि देखिन्छन् । कोषको कानुनी रुपमा विकास, देशका हरेक जातजातिको समानजनक व्यवहार र प्राकृतिक रुपमा समानुपातिक विकास गर्नुपर्ने देखिन्छन् ।
उधाहरणका लागि अक्ष्यकाेष किन चाहिन्छन् ।
आज भाेलि सामाजिक सन्जाल र समाचार माध्यममा फलानो बचाउ अभियान, उहाँको आर्थिक अवस्था कमजोर भएको छ भन्दै अर्थात उहाँलाई आर्थिक सहयोग गरिदिनुहुन अनुरोध छ भनेर प्राय हरेक दिन हेर्न सक्छनुहुन्छन् । साेहि कारणले भएपनि जातीय संस्थाले पनि अक्ष्यकाेषकाे अनिवार्य वयवस्था गरियाैँ भन्ने हाम्रो आफ्नै समाजको फाइदा हुनेथियोे । र यसमा सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छन् ।
र यस देशको मन्त्री, प्रधानमन्त्री म, हामी र तपाईँ नै हुने हो । नकि मङ्गल ग्रहबाट आएको कुनै एलियन हुन्छन् । तेसैले पनि समाज र देशको व्यवस्था सहि बनाउन जरुरि छन् । अहिलेका प्रधानमन्त्री यहि देशका छन्, पहिलेका प्रधानमन्त्री पनि यहि देशका थिए र अब हुने भावी प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, वडा अध्यक्ष देखि पालिका प्रमुखसम्म यहि देशको समाज र जातिवाटै प्रधानमन्त्री र मन्त्री जस्ता अन्य नेता तथा सबै जनप्रतिनिधिहरु यहि देशको जनताहरुले नै बाग डोर सम्हाल्नेछन् नकि आकाशबाट आएको कुनै अदृश्य शक्ति ।
अब हामी सोचनुपर्ने बेला भएको छ । हामी हाम्रो देशको बागडोर सम्हाल्ने नेतृत्व कस्तो बनाउनुपर्छ अहिलेको जस्तो कि यो भन्दा राम्रो तेसैले हरेक जातजातिमा विधिको शासन हुन जरुरी छन् । तपाईँको सोच, विचार, व्यवहारवाट नै तपाईँको भविष्यको रेखा म, हामी र तपाईँको संतानले बनाउने छन् होला । तपाईँ शिक्षाको निति र हाल अहिलेको आधुनिकता तथा बैचारिक वहस विना यस देशलाई राम्रो बनाउन सायद सकिदैनन् होला ।
नेपालको अधिकाँश हरेक घरमा पार्टिको कृयाशिल सदस्य बनेर बसेका छन् । कोइ जागिरको लोभमा, कोई ठेक्काको लोभमा, कोई आशावादि त कोई निराशावादी भएरै भएपनि वर्षौँ देखि एउटै पार्टिमा आबध भएर बसीरहेका त्यस पार्टिका ज्ञानी तथा बुद्घिमान सदस्यहरुले अब के सिक्छन् भन्ने विषय वस्तु पनि अब छलफल गर्ने बेला अनिवार्य भएको छ । धेरै वर्ष देखि एउटै पार्टिमा बसिरहनु भनेको त्यो पकै पार्टिबाट केहि न केहि फाइदा लिएको हुनुपर्छ सायद ।
र प्रत्येक जातिको पहिचान गरि नेपालको जाति सुनिश्चि गर्नुपर्ने देखिन्छन् । सायद दश ÷दश वर्षमा जाति बढ्दै जानु सायद यो सहि न होला, तेसैले यस विषयमा नेपालका महान विज्ञहरुसंग छलफल र वहस गरि र्निक्योल गर्नु जरुरी छन् ।
राजतन्त्र देखि प्रजातन्त्रसम्म देश कहाँ पुगे भनेर सोचनुपर्ने भएको छ । हाल अहिलेसम्म यो देशले सयौँ नेतृत्व हेरे तर विकासको एउटै बाटो हेरेन, यो देशले सार्वजनिक ऋण र भ्रष्टाचार, अनियमीतता र लाप्रवाह सरकार जस्ता धेरै यस्ता समस्याहरु हेरेको हेरै छन् हालसम्म र अझै कतिसम्म हेर्नुपर्छ होला । देशमा धेरै काण्ड भएको अवस्थापनि छदैछ । अझै भइनै रहेको छ । जनता निराशाको चरम विन्दुमा पुगिसके ।
सरकारको नेतृत्व लिने उहि तपाईँको गाउँले नै भोलीको प्रधानमन्त्री तथा मन्त्री नै हो । अव तपाईँ सोचनुपर्छ समाज र हाम्रो देशका यूवाहरु के पढिरहेका छन् र त्यो शिक्षा बाट देशले के पाउँछ भन्ने हो । तपाईँको समाज, संस्कार र देशले जे दिन्छन् उहि पाउने हो । तपाईँ चोर ज्ञान दिदा चोरी गर्न सिक्छन् नकि इमान्दार र सफा मान्छे बन्छन् । तेसैले गाउँबाटै देशको बिकास गर्नसकिन्छन् । यो मोरो विचार हो ।
नेपालको राष्ट्रिय तथ्याङ्क अनुसार एक सय ४२ जातजातीको बसोवास नेपालमा रहिआएका छन् । नेपालमा बस्ने सबै जातजातीहरु फरक / फरक भाषा, संस्कार, संस्कृति र परम्परागत भेषभुषा फरक/फरक रहेपनि समाजमा जातजातिको थप तथ्याङ्क आउँदै गरेका छन् । जनगणना २०६८ अनुसार १२५ जातजाति थिए भन्ने, २०७८ को जनगणना अनुसार १७ जातजाति थप भई १४२ पुग्न गएको छ ।
नेपालमा जातजातिको संख्या १४२ पुगेको छ । जनगणना २०६८ अनुसार जम्मा जातजातिको संख्या १२५ थिए भन्ने २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेर हाल तथ्याङ्क समयअवधि रहिरहदासम्म १४२ पुगेको हो ।
जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो । जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिंगअनुसारको जनसंख्या सार्वजनिक गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।
नेपालका जातिहरूको विभाजन भाषा, जातिय पहिचान तथा जातिप्रथाबाट भएको हो । हरेक जातिहरूमा विवाहवारी आफ्नै जातिमा हुने गर्छ । हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता रहने गर्छ । आदिवासीरजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ ले आदिवासी र जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएकोे जाति वा समुदाय भनी परिभाषित गरेको छ । संख्याको आधारमा सूचिमा १२५ जातिहरु छन् ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२५ जातिहरू रहेको छ । बाह्रौँ राष्ट्रिय जनगणना २०७८ ले थप १७ जाति पहिचान गरी जातिहरूको संख्या १४२ पुगेको छ ।
२०७८ को राष्ट्रिय जनगणना अनुसारको परिणामले नेपालमा जातजातिः १४२, मातृभाषाः १२४ र धर्मको सङ्ख्या १० कायम गरेको छ । १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको सङ्ख्या न्यून भएकाले थप एक नयाँ भाषा लाई ‘अन्य भाषा’ मा राखिइ १२४ वटा मातृभाषा कायम गरिएको थियो । नेपाली मातृभाषी कुल सङ्ख्या एक करोड ३० लाख ८४ हजार ४५७ ९४४।८६ प्रतिशत पछि मैथिली ९११।०५ प्रतिशत, भोजपुरी ९६।२४ प्रतिशत, थारू ९५।८८ प्रतिशत, तामाङ ९४।८८ प्रतिशत, बज्जिका ९३।८९ प्रतिशत, अवधी ९२।९६ प्रतिशत र नेपालभाषा ९२।९६ प्रतिशत रहेका छन् । साथै हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका नेपालका धर्म रहेका छन् ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था भएअनुसार ०।५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोकिएको छ । यस अनुसार मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ ।