आज घर सजाए जस्तै संधैभरी सफा मन बनाऔँ

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित बिहिबार, कार्तिक १५, २०८१

आज देशभर लक्ष्मी पूजा गरीदै छ । भगवानकाे आस्था भएको कारणले आज हामी जसरी आफनो घर वरिपरि सरसफाई तथा घर आँगण सफा गर्छौ र र्नसरी बाट सयपत्रि फुल र विभिन्न रङ्गले घर आँगण रङ्गीण राख्छौँ तेहि तरिकाले संधैभरी मानव जातिको मन, सोच विचार सफा राख्न सकियौँ भन्ने झनै लक्ष्मीमाताले सायद अझै हाम्रो धनराशी घरभित्र आउँछन होला किनभने लक्ष्मी भगवानले एक दिन मात्रै मन, सोच र विचार सफा भएर पूजाआजा गरेपछि मात्रै लक्ष्मी बास बस्छन् भन्ने कुरा सायद पकै यो नहोला ।

हामी भ्रष्ट भई हाम्रो सदेव भगवानले कृपा दृष्टि हुन्छ भनी हामी सोच्छौँ सायद यो सोच गलत नै होला । र राम्रो मन, सोच र विचार सफा गरियौँ भन्ने पकै भगवान् लक्ष्मीमाताले हामीलाई माया पकै गर्नुहुन्छन् । लाखौँ लाख सयपत्रि फूलहरु र अन्य फूलहरुले सजिएका गाउँ, सहर र आजको विराटनगरका घर र पसल लगायत मन्दीरको सरसफाई जस्तै हामीले संधैभरी सफा मन, सोच, विचार र सफा राम्रो संस्कारी हुन्न सकिनुपर्दछ ।

पूजाबाट प्रसन्न भएर माता लक्ष्मीले आफ्नो भक्तहरुमाथि आफ्नो कृपा बनाइरहने धार्मिक विश्वास पनि रहेको छ । माता लक्ष्मीको विशेष पूजा आराधना गर्नाले हरेक व्यक्तिको दरिद्रता भाग्ने, धन, सम्पत्ति, वैभव तथा समृद्धि प्राप्त हुने विश्वास पनि रहिआएको छ । सायद मेरो विचारमा भगवानकाे प्रस्ंसा जतिसुकै गरेपनि भगवान् भन्ने बितिकै राम्रो विचार, सोच र राम्रो सफा मन संस्कार नै भन्ने बुझिन्छन् होला । हावा, माटो, पानि र वनस्पति, वनजङ्गल लगायत जनावरहरु प्रति माया र स्नेह गर्नु जस्ता विषय वस्तुलाई माया गर्नु पनि भगवान् प्रतिको भक्त बनु जस्तै हो ।

भगवान् भन्ने बितिकै प्रकृति पनि हो जस्मा हावा, पानि माटो लगायत जनावर र वनस्पत्ति पनि हो । तर हामी मानवले आज नभएपनी भोली र पर्सि हामी बिहान – बिहानै मांसाहारको खोजी पकै गर्नेछौँ र हामी भगवान् भन्ने शब्द माथि ठुलो घातक प्रहार गर्नेछौँ । र हामी, हाम्रो जीवनको प्रस्न पनि गर्नेछौैैैैँ ।

यहि सन्दर्बमा विभिन्न् मिडियामा आज समाचारमा आए अनुसार तिहारको तेस्रो दिन बिहान कुकुर पूजा गरी साँझ लक्ष्मीपूजा देशभरी पुजाआजा गर्दै । आज बिहान देखी आ—आफना घरमा सफासुग्घर र लिपपोत गरेर मात्र लक्ष्मीले बास गर्ने विश्वास गरिएकोले आज सबैले घर सफा गर्ने गरीएको छ । घर अगार्डि केलाको बोटलाई काटेर घर आँगण सफासुघर बनाई भगवान् लक्ष्मीको बास हुन्छ भनी जनविश्वास गरहेको छ । बिहानै घर सफा गरी, झ्याल, ढोका, कोठा, सङ्घार, कौसी, अटाली, र भर््याङलगायत स्थानमा सरसफाइपछि साँझ दीपावली गर्दै लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

आजको यस दिनलाई , कात्र्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ र यो वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये एक हो । साँझ आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गोबर र रातोमाटोले बाटो बनाएर लक्ष्मीको पाइला चिनाइन्छ । पाइलापिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ, भने हाल मैनबत्तिको प्रयोग पनि बढेको छ ।

धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा हो । पूजा कोठामा दीयो, कलश, गणेशसहित लक्ष्मी र कुबेर स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमालासहित लक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन पनि रहिआएको छ । यो दिन धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जाने धार्मिक विश्वास पनि रहिआएको छ ।

निष्कर्ष ः आज घर सजाए जस्तै संधैभरी सफा मन, सोच, विचार, संस्कार र प्राकृतिक रुपले राम्रो हुनुपर्छ भन्ने भावनाको विकास मात्रै होइन वास्तिविक मान्छे बन्ने प्रयास गर्नु र गरौँ । मेरो विचार लेखि राख्दा मलाई अन्यथा नलिइदिनुहुन अनुरोध गदर्छु म आफ्नो तर्फबाट मात्रै समाजमा भएको दृष्टिकोण दिन मात्रै चाहेको हो । समाज राम्रो हुनलाई साेच, विचार र दृष्टिकोण राम्रो भएको मानव जातीकाे विकास अनिवार्य हुन जरुरी हुन्छ यदि म सहि छु भन्ने मात्रै ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]