थारु जाति मैन देखि आधुनिकता सम्म

Logo
सियाराम चौधरी / ग्रामथान प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

थारु जाति नेपाल राज्य गठन हुनु भन्दा अगाडि नै तराई मधेशमा केही थारु राज्यहरु थिए । साथै शक्तिशाली पनि थिए जस्तै तिरहुत, कौसिका आदी थिए । कौसिका शब्द अप्रभन्स भई कोसिला र कोसिला हुदै कालान्तरमा कोचिला भएको हो । कोशी नदीलाई आधार बनाएर आफ्नो जीवन चलाउने / बसोबास गर्ने थारुहरुले आफुलाई कोचिला थारु भन्न रुचाउछ ।

अब मोरंग र सुनसरी जिल्लामा वस्ने थारुहरुलाई पछिल्लो समय लम्पुछिया थारु भनि परिभाषित गरिएको छ । यो परिभाषित हुनुमा यहाँ बसोबास गर्ने थारु महिलाहरुको पोषाकमा पछाडी पुच्छर भएकोले हो । नेपाल भित्र थारु जातिको बसोबास मेचि देखि महाकाली सम्म नै छ । सन् १९५० को सुगौली सन्धीबाट नेपाल र भारतको सिमा निर्धारन हुदा भारतको उतराप्रदेश तथा उतराखण्डमा पनि थारुहरुको बसोबास रहेको छ ।

साथै नेपालबाट अध्ययन तथा रोजगारीको सिलसिलामा आप्रवासी नेपााली भई अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायत विश्वको विभिन्न देशमा स्थायी तथा अस्थायी बसोबास गरिरहेको छ ।

थारु जातिमा बिवाहको प्रचलन ः–

थारु जातीमा महिला यति शक्तिशाली हुन्थ्यो कि पुरुषले विवाह गर्न चाहेको खण्डमा कन्याको बुवाले माग गरेको रकम दिनु पर्थियो नभए आफुले श्रीमती बनाउन चाहेको केटीको भाईसंग आफ्नो बहिनीको विवाह गराएर अनि मात्र आफ्नो विवाह हुन संम्भव हुन्थ्यो जस्लाई बहिनी साटासाट भन्दा पनि हुन्छ । पुरुषहरु बिवाह नगरी कुमारै बस्नु पर्थियो । मैन भनेको वेहुली हुने केटीको बुवालाई दिने रकमलाई मैन भनिन्थ्यो । मैन लिने/दिने चलनबाट हुने बिवाह पुर्नतः हटेर अन्य जातिमा भए जस्तै दहेज प्रथा थारु जातिमा पनि भत्रिए । यो दहेज प्रथाबाट थारु जाति पनि पिडित रहेको छ। थारु जाति भित्र विवाहको सम्बन्धमा आफ्नो जोडी आफै खोज्ने एउटा नयाँ प्रथाको सुरुवात हुँदै गएको देख्न सकिन्छ । छोरा छोरीले रोजेकोसंग सहजै परिवारजनले सहर्स स्विकार गरि बिवाह गराई दिने गरेको छ ।

थारु जातिको आर्थिक अवस्था ः–
नेपालमा थारु जातिको दैनिय आर्थिक अवस्था रहेको छ । थारु जातिलाई राज्यले समेत समरक्षण नगरी उपहास गरेकोले यस्तो दैनिय अवस्थामा पुगेको छ । पहाडबाट पहाडै खालि हुने गरि बसाई सरेको र खुल्ला बोडरको कारण भारतबाट बसाई सरेको कारणले थारुहरुको हातमा रहेको कृषि पेशा पनि खोसियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]