हामी मासु कति खान्छौ तिहारमा, मासु खानु सहि हो

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित आइतबार, कार्तिक ११, २०८१

म, हामी र तपाईँ मिलि ५ लाख मेट्रिक टन भन्दा बढि मासु खाएका छौँ । तिहार, दशैँ तथा अन्य चार्डपर्व गरिसकेपछि प्राय अधिकाँशले मासु खाने गरेका छौँ । प्रकृतिलाई सकाउदै पनि छौँ । प्रकृतिले बनाएको वनजङ्ग र वातावरण जस्ता विषय वस्तु मानव जीवनको महत्पूर्ण अङ्गको रुपमा रहेको पनि छ । यो प्रकृति सबैलाई जीवन्त दिएको छ । मानव भौतिक प्रकृति, वातावरण र वन्सपति जस्ता विषय अत्तिआव्श्यक वस्तु पनी हो । हावा, पानि र माटो जस्ता वस्तुहरुले बनेका हामी र यस पृथ्वीमा भएको सबै जनावरहरु सबैलाई जिउने आश र भरोशा दिएको पनि छ । हामी कतिसम्म मानवता र सत्य बुझदछौँ भन्ने मात्रै एक फरक विषय हो ।

तिहारको तयारी यस्तो भइरहेको छ होला

काका नमस्कार तपाईँ कति केजी मासु लिने तिहारमा, काकी तपाईँ कति केजि लिने मासु, तपाईँको खसीमा बोसो धेरै छन् के गर्नु हामी बजार बाट लिन्छौँ, यो खसी घाँस खाने खसि हो मासु राम्रो ह्ुन्छ, यहिँ त हो पल्लो गाउँको भिमा काकाले काटने तिहारमा खसी, खसीको टाउको म लिन्छु हई कती पैशा पर्छ, हामी त लोकल कुखुरा खाने तिहारमा, म त माछा खाने यस्ता कुरा र यस विषय वस्तुहरु गाउँ—गाउँ, सहर र बजारमा अहिले सुन्न र देख्न मजाले सकिन्छन् ।

हामी पुजापार्ठ र धार्मीक कुरा र धर्म कर्म गर्दैनौ भन्ने पनि होइन । हामी सुध मन बनाई पुजापार्ठ गछौँ पकै, हामी भगवान लक्ष्मीलाई मान्दैनौ भन्ने पनि होइन हामी सुध मनले मान्छौ, मलाई लाग्छ तपाईँ सायद लक्ष्मी पुजाको दिन माछा, मासु, हाँस, कुखुरा र मांसाहारी खानुहुन्न होला तर पुजापर्ठ सकिएपछि हामी खादैनौ भन्न पनि सकिन्न होला सायद ।

समाजमा भइरहेको भ्रमित विषय ।

म मंङ्गलवार खादिन मासु मेरो वर्त छ तर अरु दिन खान्छु, म सोमवार खादिन मासु मेरो वर्त छ तर अरु सबैदिन खान्छु, म माछा खादिन मासु खान्छु, म सुंगुर खादिन म कुखुरा खान्छु समाज हाम्रो धर्मकर्म गरेरनै यसरी अघि बढिइरहेको छ । यो ज्ञान कस्ले दियो मेरो प्रस्न यस्तो कुन सास्त्रमा लेखिएको छ । मानव जातिले यस विषयलाई बुझन जरुरी छन् ।

सोमवार र मङ्गलवार तथा अन्य दिन किन मासु खानुहुन्न होला सायद त्यो दिन उस्ले भगवान् प्रति आस्था र विस्वास गरेको हुनुपर्छ होला तर राम्ररी यस विषय वस्तुलाई बुझियौँ भन्ने यो एक किसिमको भ्रम जस्तै होलान सायद । यस्तो कुन धर्ममा लेखिएको होला बुझ्न सबैलाई जरुरी छन् । केही प्रतिशत जनता कतिपयले धम भगवान्को आस्थाले विस्वासले पनि मासु, भाछा लगायत कुनैपनि मांसाहार गर्दैनन् ।

भारतीय प्रसिध विचारक आर्चाय प्रशान्त लगायत देशको केहि संख्यामा विचार दिने व्यत्तिहरु यस विषयमा आफना अभियान मार्फत जानकारी पनि गराइरहेका छन् । विचारक आचार्य प्रशन्त भन्छन् कुनैपनि धर्ममा बलि प्रथा छैनन् नै तर हामी अन्घविस्वासको साथ अगार्डि बढिइरहेका छौँ । वनजङ्गल नाष हुनु भनेको हाम्रो मानव जातिको पनि सखाप हुनु भनेर विगत धेरै केहि वर्ष देखि प्रचार प्रसार गर्दै आएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांङक अनुसार आर्थिक वर्ष २०७७/७८ नेपालमा ५ लाख २० हजार ७ सय ४२ मेट्रिक टन मासु उत्पादन भएको थियो । तथ्याङक अनुसार नेपालमा वार्षिक झन्डै सवा ५ लाख २० हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाइएको छ ।

मन्त्रालयका अनुसार खसीबोका, सुंगुर, राँगाभैंसी, भेडा, बंगुर, कुखुरा र हाँसको मासुको तथ्यांक समेटेर उत्पादनको आँकडा तयार गरेको हो । सो तथ्यांकमा उल्लेख भए अनुसार नेपालमा सबैभन्दा बढी कुखुरा र राँगाभैंसीको मासु उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २ लाख २७ हजार मेट्रिक टन कुखुराको र १ लाख ८८ हजार १ सय ७२ मेट्रिक टन राँगाभैंसीको मासु उत्पादन भएको आर्थिक अभियान अनलाइन पत्रिकामा समाचार उल्लेख गरेको छ ।

पछिल्लो केही १० वर्षमा सबैभन्दा धेरै मासु उत्पादन आर्थिक वर्ष २०७६/७७ मा भएको हो । उक्त वर्ष नेपालमा ५ लाख ५२ हजार १ सय ५६ मेट्रिक टन मासु उत्पादन भएको छ । त्यसैगरी सबैभन्दा कम मासु उत्पादन भएको आर्थिक वर्ष २०६८/६९ रहेको हो । उक्त वर्ष २ लाख ८७ हजार ९ सय ३० मेट्रिक टन मासु उत्पादन भएको थियो । सरकारले पशुपन्छी तथा मासुजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन हरेक वर्ष नेपालमा उत्पादन हुनेबाहेक चिन, नर्वे, फ्रान्स, थाइल्याण्ड, भारत, अस्ट्रेलिया, भेतनाम, इटलीलगायत मुलुकबाट समेत नेपालमा टर्कि, कुखुरा, हाँस, भेडा, बंगुर, अस्ट्रिचलगायतको मासु ठूलो परिमाणमा आयात हुने गरेको छ ।

नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रूपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।
वनको मुख्य ६ प्रकार हुन्छन् ।
उष्ण वन ः मुख्य प्रजातिहरूः साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल आदि ।
उपोष्ण वन ः मुख्य प्रजातिहरूः खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि ।
समशितोष ः मुख्य प्रजातिहरूः सानो फलांट, ठूलो फलाँट, बांझ, गोब्रे सल्ला आदि ।
शितोष्ण वन ः मुख्य प्रजातिहरूः बांझ, गुरास, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि ।
सब अल्पाइनवन ः मुख्य प्रजातिहरूः बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि ।
अल्पाइन ः मुख्य प्रजातिहरूः झाडीदार धुपी रगुराँसहरु ।

मानवको अस्तित्वमा रहँदासम्म वनस्पति र जनावारले मानव जीवनमा महत्वपूर्ण भूमिका रहन्छन् । हजारौँ पिडिसम्म मानव जीवनलाई भोजन, उपकरण, श्रम र सहयोग प्रदान गर्दै आएका वनस्पति र जनावरबिना मानव समाज कल्पना गर्न सकिदैनन् ।

निष्कर्ष ः प्रकृति बचाउनुपर्छ, वातावरण जोगाउनुपर्छ, वातावरण हाम्रो जीवन हो, कृषि हाम्रो देशको मुख्य आय आर्जनको स्रोत हो, वनजङ्ग र वन्सपत्ति जोगाउनुपर्छ भन्ने भाष्य फिल्म र सिनेमा र भाषणमा मात्रै सिमित भएको यस भाषा भन्दा नि सुधार र हाम्रो व्यवहारमा लागु गर्न जरुरी छन् जुन सायद जीवनमा कहिल्यै हुदैनन् होला । देशमा केहि व्यत्तिले यस विषयमा खुलेर वहस र चर्चा गरिरहेको पनि छ । भन्ने कोही टुल्लु टुल्लु हेरिरहेका पनि छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]