तिहारमा माटोका सामग्री बडि प्रयोग गरौँ र स्थानी उत्पादन बढाऔँ

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित शनिबार, कार्तिक १०, २०८१

अहिले तपाईँ तिहारको किनमेल गर्दै हुनुहुन्छ होला तर यस तिहारमा पुजापार्ठ गर्ने सामग्रीहरु बढिभन्दा माटोका सामग्री खरिद गरौँ । तिहारमा स्वदेसी उत्पादनका सामग्री प्रयोग गरौँ र स्थानी बजारलाई विकास गरौँ । तिहार पर्वमा विशेषगरी लक्ष्मीपूजा हुने भएकाले माटोका दियो, घैला, कोशिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, र दलिया लगायतका सामग्रीहरूमा बजारमा पुजाआजा गर्ने प्राय सबैले किनमेल गर्ने गरेका छन् । तर सबैभन्दा बढि हामी विदेशी कम्पनीको इलेक्ट्रोनिक्स सामग्री खरिदविक्री र प्रयोग गर्छौ ।

त्यसैले हामी यस वर्ष बढिभन्दा बडि माटोका सामग्री खरिदविक्री गर्ने सोचको विकास गरौँ । र समाजका माटोका भाँडा बनाउने कला प्रति समान देखाउँ ।बोल्न बाँकी केहि नछोड्ने माननीय सांसद ज्ञानेन्द्र साहिले आफनो देशको स्याउ खानुपर्छ भनी अभियान चलाउदा देशभरी करोडौँको जुम्लाको स्यउको माग र खरिदविक्री ह्वतै बढछन् तर आफनो गाउँ घरको उत्पादन खरिद विक्री गर्नुपर्छ भनी स्थानीय जनप्रतिनिधिले यस विषयमा बोल्दैनन् । र योजना पनि गर्नुपर्ने तर गर्दैनन् ।

दशैँ भरखरै सकिएसंगै अब जनताले तिहार अर्थात लक्ष्मी पुजा र छठ पुजाको त्यारीमा लागिपरेका छन् । यस वर्षको तिहार र छठ पुजामा भरपुर्ण तरिकाले विदेशी कम्पनिको दियो हामी पकै बाल्ने छौँ । तर स्थानीय बजारलाई छोडेर हामी तिहार मनाउछौँ तर हाम्रो स्थानीय उत्पादन हराउँदै भविष्यमा जानेछन् यस विषयमा पनि सोचन जरुरी छन् । तिहारका बेला माटोका सामग्री प्रयोग गरीयौँ भन्ने हाम्रा परम्परागत संस्कार हराउन बाट बचाउन सकिन्छन् ।

७ सय ५३ ओटा स्थानी सरकार यहि कारणले बनाइएको पनि हो । स्थानीय बजारको उत्पादन तथा बजार विस्तारका समस्या सुधार र समाधान होस् भनी स्थानीय स्तरमै राम्रो हुन्छ भनी नै यस व्यवस्थाको विकास र सोच भएको हो । तर यहाँ स्थानीय जनप्रतिनिधि देखि सरकारका अधिकाँश उच्च स्तरीय नेता तथा मन्त्रीले पनि यस विषयलाई खासै महत्व नदिएको देखिन्छन् ।

आफना देशको उत्पादनका कुरा जतिसुकै गरीएपनि दियो तथा अन्य विदेशी उत्पादन नै हामीहरु प्रयोग धेरै मात्रामा गर्छौँ भन्नु सायद गलत नहोला । गाउँघरका प्राकृतिक उत्पादनहरु मनमोहक भएपनि बजारमा तेस्को खासै महत्व नदिएको अवस्था समाजमा विकसित भइरहेको छ । माटोका समानहरु तिहारमा अतिउपयोगी मानेर किनमेल गरेपनि हामी बढिभन्दा बढि विदेशी कम्पनीको सामग्रीहरु खरिद र विक्री गर्ने गरेका छौँ ।

तिहार नजिकीदै गर्दा मोरङ जिल्लाको सुनवर्सि नगरपालिका वडा नम्बर ९ स्थित कदमगाछिका पंडित समुदायका कुमालेहरू यतिबेला आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन व्यस्त छन् । तिहार पर्वमा विशेषगरी लक्ष्मीपूजा हुने भएकाले माटोका दियो, घैला, कोशिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, र दलिया लगायतका सामग्रीहरूमा बजारमा पुजाआजा गर्ने प्राय सबैले किनमेल गर्ने गरेका छन् ।

सुनवर्षीका सुरेन पंडितले भनेका छन् कि आठ वर्षअघि उनीहरू यही पेसाबाट राम्रो आम्दानी गर्थे, तर बजारमा झिलिमिली इलेक्ट्रोनिक सामग्रीको आगमनपछि उनीहरूको व्यवसायमा गिरावट आएको छ । मेहनत अनुसार थोरै मात्र फाइदा हुने बताएका छन् । माटो, पराल, र दाउराको उच्च लागतको सामग्री उत्पादन झनै खर्चिलो हुने गरेका छन् ।

माटाका भाँडाहरू बनाउँदा पहिलो चरणमा सुकाउनका लागि दिनभरि घाममा राख्नु पर्छ र २४ देखि ७२ घण्टा सम्म आगोमा पकाउनुपर्ने हुन्छ । तयार सामग्रीहरू रंगेली, कर्सिया, दोहमाना, र डाइनिया बजारहरूमा बिक्री गरिन्छ । तिहारका लागि दियो र घैला प्रति सयकडा ६० रुपैयाँमा बिक्री भइरहेको छ । पुख्र्यौली पेसा भएता पनि नयाँ पुस्ताले यस पेसालाई बेवास्ता गरेकोमा कुमालेहरू चिन्तित छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]