

फलानो नेताले जागीर लगाइ दिन्छ, मेरो जागिर बढुवा गरिदिन्छ, मलाई दारु मासु खान दिन्छ, मलाई प्रत्येक वर्ष पैशा दिन्छ, मलाई कतै करारमा जागिर लगाई दिन्छ, मेरो बाबाको साथि मन्त्री बनेको छ, म मन्त्रीको खासै आफनै मान्छे हुँ, म मन्त्री र प्रधानमन्त्री संग राम्रो चिनजान छ । हो यस्ता विषय वस्तुले गाउँ—गाउँ, सहर—सहरमा र प्रत्येक जनताको सोच, विचार र दृष्टिकोणमा छरिएर किल्ला गहिरो गरि गार्डेर बसेको छ । मान्छेको सोच भनौँ या अत्ति आव्श्यक्ता तर यो जनताको मनमस्तिष्कमा राम्रै संग बसेको छ अनि कसरी मिशन ८४ मा राम्रो यूवा पुस्ताले वडा, पालिका देखि प्रतिनिधि संसद तथा मन्त्रीमा विजयी हासिल गर्छन होला त ।
अहिले देशमा चर्चाको विषय वस्तु भनेको मिशन २०८४ को निर्वाचन हो । देशमा चरम भ्रष्टाचार, काण्डै काण्डको देश, जताततै भ्रष्टाचारको चर्चा, देश हालअहिलेसम्म नबनेको विषय वस्तु र देशको विकासमा गर्नुपर्नेु कामहरु जस्ताको तेस्तै रहेका कुरा र देशको अर्थको अवस्था तनम भएको, जनतामा नेता प्रति आक्रोश जस्ता विषय वस्तुमा विरोध जस्ता समस्याहरु छर्लङ अहिले देखिएको वर्तमान अवस्थाले जनता आजित भएका छन् ।
देशभर मिशन ८४ भन्ने मान्छेको संख्या बढ्दै गएको छ । नयाँ पुस्ता राजनितिमा आए संगै राजनितिमा एक किसिमले तरङग छाएको छ । नेपालमा २ करोड ९१ लाख भन्दा बढि जनसंख्या छन । काठमाडौका चर्चित मेयर बालेन्द्र साह, सुनसरी जिल्लाका धराण उपमहानगरपालिकाका मेयर हर्क सामपाङ, धनगढि उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायत देशभर केहि राम्रा मेयर, अध्यक्ष तथा प्रमुखहरुको विजयी पश्च्यात जनतामा नयाँ उमङ, खुशि, आशा पलाएको देखिन्छन् । नयाँ पुस्ता तथा यूवाले देश चलाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको छ । र बालेन्द्र साह, हर्क सामपाङ र गोपाल हमाल जस्ता राम्रा काम, राम्रो सोच, विचार र उच्च स्तरिय दृष्टिकोणले नेपाली जनतामा केहि अब हुन्छ भन्ने आत्मविश्वास भएको जनतामा देखिन्छन् ।
जनता र नेताले मिशन ८४ भनिरहेको अवस्थामा पनि फेरी पुन्न ८४ मा नेपाली काङग्रेस, एमाले र माओवादि पार्टिलाई नै मतदान गर्छन भन्नु सायद गलत नहोला किनकी नेपाली जनता सो पार्टिमा वर्षौँ देखि पार्टिमा लागीरहेका जनताहरुको सवालमा हेरियौँ भन्ने पार्टिको कृयाशिल सदस्यहरुले आ—आफना परिवार, साथिभाई, विभिन्न स्वार्थ समबन्ध जस्ता विषयले पुन्न फेरी पुराना पार्टिलाई नै मतदान गर्ने देखिन्छन् ।
उधाहरणका लागि मानौँ । नेपाली काङग्रेस लिउँ ।
नेपाली काङग्रेसमा करिब साढे ८ लाख कृयाशिल सदस्य छन् भन्ने उनिहरुको साथिभाई, पारिवारिक सदस्य तथा विभिन्न स्वार्थ सम्बन्धले पनि फेरि पुरानो पार्टिलाई मतदान गर्दैनन् भनेर भन्न सकिन्न् होला । यदि मानौँ ८ लाख कृयाशिल सदस्यको हिसाब लगाउँदा उनिहरुको प्रत्येक सदस्यको परिवारिमा ५ जनाले मतदान गरियो भन्ने मात्रै करिब ४० लाख मत काङग्रेस पार्टिकै रुख चिन्हमा देखिन्छन् होला । यसरी हेरियो भन्ने नेपालको कुल जनसंख्या २ करोड ९१ लाखमा पुराना पार्टिको कृयाशिल सदस्यहरुको पारिवारीक तथा साथीभाईहरु मात्रै मतदान गरियो भन्ने करिब—करिब १ करोड भन्दा बढि मतदान पुरानो पार्टिहरुलाई नै दिने देखियो ।
र नेपाली जनताहरु विदेश पलायन भएका जम्मा कुल ६० लाख भन्दा बढि जनसंख्या छिमेकी राष्ट्रिय भारतमा श्रम गर्न गएको होलान । अब भनुस् नयाँ पुस्ताले कसरी मिशन ८४ पुरा गर्छन् होला ।
निर्वाचन ८४ मा देशभर बालेन्द्र साह जस्ता उमेदवारहरुको बलियो उपस्थिति हुने देशभर चर्चा भइरहेको छ । साहको अहिले चारैतिर देश र जनताको चौतर्फी विरोध र प्रस्ांसा भइरहेको छ । नेपाली जनता भविष्यमा हुने निर्वाचन २०८४ को भविष्य अहिले हेरिएको अवस्था देखिन्छन् । निर्वाचन ८४ मा नयाँ पुस्तालाई मतदान गर्ने र गर्नुपर्छ भनेर अहिले सामाजिक सञ्जाल तथा समाचारका माध्यममा विभिन्न जनताका कृया र प्रतिकृयामा प्र्रस्सत देखिन्छन् ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भन्ने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको जनाएको छ । उत्त प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्ष यता कम जम्मा ०.९३ प्रतिशत पुगेको छ । अघिल्लो जनगणनामा नेपालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो । उत्त तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ ।
आर्थिक वर्ष २०५१/०५२ देखि वैदेशिक रोजगारीका लागि सरकारी तवरबाट श्रम स्वीकृति लिएर जाने नेपाली युवाहरुको संख्या मिति २०७२ सालमा आउँदा ६० लाख बढी युवाहरु विदेश पलायन हुन पुगेका थिए । विदेश पलायन हुने संख्या लोकतन्त्र आएपछि गुणात्मक रुपमा बढेको हो । त्यो विदेश पलायन हुने युवाहरु समुद्रपारि मुलुकमा ४० लाखको हाराहारीमा छन् ।
सन् २०११ को केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको देखाएको छ । त्यसमध्ये युवाको कुल जनसंख्या १ करोड ६ लाख ८९ हजार ८ सय ४२ रहेको छ । त्यो प्रतिशतमा ४० हो । विज्ञहरुको भनाइमा १५ लाख नेपालीहरुको संख्या अज्ञात रहेको छ ।
र नेपाल सरकारले विश्वका १ सय १० मुलुकमा आफ्ना कामदार पठाउन खुला गरेको छ । तर, विदेशिएका युवाहरुको रोजगारको ग्यारेन्टी र व्यक्तिगत सुरुक्षाको प्रत्याभुति नहुँदा हजारौं युवाहरु विदेशमा अलपत्र पर्ने गरेका छन् । जसका कारण अहिलेसम्म विदेशको भूमिमा करिब ५ हजार नेपाली युवाहरुको अकालमा मृत्यु हुन पुगेको छ । यो खासगरी २०६४/२०६५ देखि २०७२ सम्मको आकँडा समाचारमा उल्लेख रहेको छ ।
लोकन्त्रपछि विदेशिएका युवाहरु आर्थिक वर्ष २०६३/२०६४ मा २,०४,५३३ देखि आर्थिक वर्ष २०७१/२०७२ वर्ष सम्ममा ३,६७,७४० भई क्रमश बढेर जम्मा ३० लाख ५५ हजार ८ सय २१ जना रहेको तथ्याङले देखाइएको छ ।
कुन पार्टिमा कति कृयाशिल तथा संगठित सदस्य छन् ।
१ नेपाली कांग्रेसमा देशभर क्रियाशील सदस्य ८ लाख ५० हजार हाराहारी रहेको छ ।
२ नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अनुसार ७ लाख २१ हजार हाराहारी पार्टि सदस्य रहेको छ ।
३ नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ८ लाख २५ हजार हाराहारी छन् ।
४ जनता समाजवादि पार्टि नेपालको जम्मा देशभर संगठित सदस्य १ लाख ५० हजार हाराहारीमा रहेको छ ।
५ अन्य पार्टिहरु पनि छन् …………….।
निष्कर्ष ःजनता ८४ भन्दा नि सत्य र असत्य मात्रै बुझन जरुरी छन् । जुन अहिलेको समय परिस्थितिले यो सम्भव नहोला जस्तै देखिन्छन् । किनभने यहाँ पार्टि हरेक घरमा छन् यस विषयमा जनता आफैँ स्वांयम जागरुक हुनुपर्ने बेला आएको छ ।