कोशी प्रदेश खेलकुद विकास बोर्ड द्वारा २ सय‌ खेलाडी सहित खेल पत्रकार सम्मान

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित आइतबार, आषाढ ३०, २०८१

बिराटनगर / कोशी प्रदेशको खेलकुद विकास बोर्डले २ सय जना खेलाडीलाई ४० लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरेका छन् ।

बिराटनगरमा आईतबार कोशी प्रदेश खेलकुद विकास बोर्ड द्वारा आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक प्राप्त खेलाडी र प्रशिक्षकहरूलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री पाचकर्ण राई, कोशी प्रदेशसभाका उपसभामुख सरस्वती दनुवार र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

खेलकुद क्षेत्रका गुरु सन्तोष बानिया र मदन उप्रेतीलाई कार्यक्रममा सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको लोगो र वेभसाइड निःशुल्क निर्माण गर्ने विजयकुमार बस्नेतलाई कार्यक्रममा नगद राशि सहित सम्मान गरिएको छ ।

लामो समय देखी पत्रकारिता क्षेत्रको माध्यमबाट खेलकुद क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकार भुमिका पाख्रिन, किशोर बुढाथोकी, नविन अर्याल, चुमन बस्नेत, प्रेम देवान, भुमिराज पराजुली, पुष्पराज थपलिया र हिमाल खरेललाई नगद सहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]