सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिकाे १३औं वार्षिक साधारण सभा सप्पन्न

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर / सञ्चारकर्मी साथीहरु मिलेर सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०/०८१ सम्म शेयर पूँजी रु.२४,३५,८००।- भएको छ भने पूँजी तथा दायित्व रु.१,०७,०८, १५७/९० पुगेको छ ।

२०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत शेयर सदस्य ११८ जना पुगेका छौं। यो संख्या अझै न्यून हो। मोरङ जिल्लाका सबै सञ्चारकर्मी साथीहरुलाई यस सहकारीमा आवद्ध हुन आहवान गर्दछौं ।आर्थिक वर्ष २०८०/०८१ मा रु.१६,७५,३५५१८१ आम्दानी भएको छ भने कूल खर्च रु.७,२९,४०७।७६ भएको छ ।यसबाट कुल बचत रु.७,२९,४०७।७६ र आय कर रु.१,४५,८८१७५५ गरी खुद आय रु.५,८३,५२६।२१ भएको छ । यस वर्ष ऋण लगानी रु.७१,०६,८१५।२० र निक्षेप रु.४०,२२,५०६।५५ भएको छ । आ.व. ०८१ असार मसान्तसम्म बैंक मौज्दात रु.३४, २५,०९५।२९ र नगद मौज्दात रु.६४,७८११- गरी जम्मा मौज्दात रु.३४,८९,८७६।२९ रहेको छ ।हामीले सहकारीको नियमानुसार सबै शेयर सदस्य साथीहरुको अभिलेख राख्न व्यक्तिगत फाइल तयार गर्न, सम्पूर्ण विवरणसहित नागरिकताको फोटो कपी र ३ प्रति फोटो माग गरेकोमा केही साथीहरुबाट सो कागजातहरु अझसम्म पनि प्राप्त हुन नसकेकोले यो कार्य अधुरै रहन पुगेको छ। विवरण बुझाउन बाँकी रहेका सबै साथीहरुलाई यथाशीघ्र बुझाउन अनुरोध छ । अन्य कार्यहरु ४ खाता, अभिलेख दुरुस्त राख्ने कार्य, ऋण, बचत का लागि सम्पर्क गर्ने कार्य निरन्तर गर्दै आएका छौं।

हामीले गत असारमा पुरानो ऋण र त्यसको व्याज बुझाउनका लागि पत्राचार गरेकोमा अधिकांश साथीहरुले उक्त पत्रको यथोचित सम्मान गर्नु भएकोछ । त्यसका लागि सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । तर त्यसमा पनि सतप्रतिशत उपलब्धी हासिल हुन सकेको छैन। भाखा नाघेको साँवा र व्याज रकम यथाशीघ्र बुझाउनु हुन पुनः अनुरोध गर्दछु। साथै नियमित बचत गर्ने साथीहरुलाई हार्दिक धन्यवाद दिदै नियमित बचत नगर्ने साथीहरुलाई नियमित बचत गर्न अनुरोध गर्दछु ।

संस्थाले यस आर्थिक वर्ष ०८०/०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोले अनुमोदन गरिदिनुहुन अनुरोध गर्दछु ।हामीले यस वर्ष सम्म प्रतिवेदन फोटोकपी गरी उपलब्ध गराउदै आएकोमा आगामी साधारण सभादेखि कागज रहित प्रतिवेदन प्रस्तुत गर्ने प्रस्ताव गर्दछौ। आगामी वर्षदेखि साधारण सभा अगाडि नै सबै शेयर सदस्य महानुभावहरुलाई डिजिटल कपी उपलब्ध गराउने छौ । गत वर्षसम्म उत्कृष्ट बचतकर्ता र असल ऋणी शेयर सदस्यहरुलाई मात्र सम्मान गर्दै आएकोमा यस वर्षदेखि ज्येष्ठ (अग्रज) शेयर सदस्य सम्मान कार्यक्रम पनि थप गरेका छौं । साधारणसभामा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको खुद आय ५ लाख ८३ हजार ५२६ भएको छ । आर्थिक वर्ष २०८०-०८१ म ७१ लाख ६ हजार ८१५ ऋण लगानी ४० लाख २२ हजार ५०६ निक्षेप रहेको अध्यक्ष दाहालले बताउनुभयो ।साधारणसभाका अवसरमा उत्कृष्ट वचतकर्ताबाट सुमन सुस्केरा र उषा सरदार, असल ऋणीबाट श्याम सुन्दर सुतिहार र प्रल्हाद गुरागाँइ र अग्रज शेयर सदस्यबाट शिवबहादुर कार्की सम्मानित हुनु भएको छ ।

अग्रज शेयर सदस्य सम्मान यसवर्षदेखि शुरु गरिएको सचिव विजयहरि खतिवडाले बताउनुभयो।साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, बहुउद्देश्यीय सहकारी संघ मोरङका अध्यक्ष माधव अधिकारी, पत्रकार महासंघ मोरङ कार्यवहाक अध्यक्ष तारा आचार्य सम्मानित ब्याक्ती श्याम सुन्दर सुतिहारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]