कानुन बनाएर नै जनता बर्बाद गर्दै : सरकार

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

कानुन बनाएर नै जनता बर्बाद गर्दै सरकार । अर्को अर्थमा भन्ने हो भन्ने हामी एक किसिमको कलाकार पनि हौँ । चुरोट, गुटखा, खैनी, रकसी, पेय पदार्र्थ जस्ता विषय वस्तु खानु हुन्न भनेर थाहै पाएर खाने गरेका छौँ त्यसैले हामी कलाकार नै हौँ भन्नु सायद गलत नहोला । कानुन नै बनाएर हामी त्यो असत्यलाई सत्य तुल्याउन लागिपरेका छौँ म, हामी र तपाईँ वुद्घिजीवी तथा वरिष्ठ भनीने प्राय सबै जना । र सरकारले सो कुरालाई कानुनी मान्यता दिएको पनि छ । तर चुरोट, गुटखा, खैनी र पेय पदार्थ जस्तो उत्पादनमा स्व्स्थ्यका लागि हानिकारक छ भनी लेखन सरकारले स्वीकृति दिनु कहाँसम्म सहि छ । यस विषय वस्तु तपाईँ आफैँ सोचनुस् ।

छोटो उधाहरण
गाउँ घर तिर बोल्ने गर्छन् । सर्पको मृत्यू भइहालोस् तर लाठि नभाँचोस् यस्तै हो । यो त भयो जो गुटखा, चुरोट, खैनी र पेय पदार्थ उत्पादन गर्छ उसैले उपचारका लागि हस्पिटल खोलछन् ।

यहि चुरोट, रक्सी, पेय पदार्थ, गुटखा, खैनी खाएर धेरैको घरबार नष्ट भएको कुरा हामी शिक्षीत मान्छेलाई थाहै नभएको होइन होला । हामीलाई थाहा हुदाहुदा यस वस्तुहरुलाई सेवन गर्दछौँ हामी कुन दृष्टिकोण बाट सहि हौँ यस विषयमा विचार गर्न जरुरी छन । तर हामी जानी जानी गलत बाटोमा जादैछौँ ।

राज्श्व संकलन पनि कसरी हुदो रहेछ सोचनु पनि भनेको हाँसो लागनु हो । तपाईँ पेय पदार्थ सेवन गरि मोटर चलाउनुस राज्श्व तिर्नुस् । दशैँ र तिहारमा जुवातास खेल्नुस् प्रहरीले समातछन् राज्श्व तिर्नुुुस् । कसैलाई जिल्ला प्रहरीमा मुद्दा दिनुस् राज्श्व संकलन गर्नुस् । अपराध नै नगर्नुस् केहि विषय वस्तुमा जिल्ला प्रहरीलाई कुनैपनि मुद्दा दिनुस् राज्श्व तिर्नुस् ।

पेय पदार्र्थ एक नराम्रो बानी हो भन्ने कुरा सरकार देखि स्थानीय जनतासम्म थाहा नभएको होइन होला तर पेय पदार्थ उधोग कलकारखाना बन्द नगरि पेय पदार्थ सेवन गर्नुहुन्न भनी प्रचार गर्नु कतिसम्म जायज र गलत छ भन्ने विषय सायद भन्नु नपर्ला ।

प्राय सबै जनतालाई सोधियो भन्ने पेय पदार्थ पिउनु राम्रो होकी होइन सोधनुुस् त भन्छन् गलत हो । खानु हुन्न भन्छन् । पिउनु हुन्न भन्छन् । तर गुटखा र चुरोटले स्वास्थ्य हानिकारक गर्छ हामीलाई थाहै छ । तर हामी विभिन्न कारण देखाई सोकले भनौँ या दुखि छु भनेर होस् खाएकै छौँ । अनी हामी सचेत नागरिक कसरी ? मान्छे सचेत प्राणी कसरी ?

यसको मतलब सिधा बुझन सकिन्छ सरकारले कानुन बनाई हामी आफै आफुलाई बर्बाद गर्दैछौँ भन्ने कुरा कानुनी रुपमा प्रष्ट हुन्छन् । बोतलमा लेखिएको सरकारको निति तथा कानुन अनुसार पेय पदार्थ खानु हानिकारक हो । सुर्तिमा लेखिएको स्वास्थ्यका लागि हानिकारक हो । चुरोटमा लेखिएको हुन्छ स्वास्थ्यका लागि हानिकारक हो । अनि सरकारले सो विषयलाई कानुनी रुपमा दर्ता गरी दर्ता प्रमाणपत्र दिई व्यापार गर्न सहयोग गर्छन् सोचनुपर्ने विषय वस्तु छैन भन्न चैँ पकै सकिन्न होला ।

सरकारको राज्श्व संकलन क्षेत्र तपाईँ दुर्घटनामा पर्दापनि देशलाई राज्श्व तिरी सचेत नागरिकको परिचय दिनसक्नुहुन्छ । किनभने दशैँको समयमा बह््रदिनमा ५१ लाख ९५ हजार पाँच सय राज्श्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।

यस दशैँमा कोशी प्रदेशमा १४ जनाको सवारी दुर्घटना भई मृत्यू भएको छ । भरखरै सकिएको दशैँमा दुई सय ६९ वटा सवारी दुर्घटना हुदा १४ जनाको मृत्यू भएको ट्राफिक प्रहरीले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीले जनाएको छ ।

दुर्घटनामा सबैभन्दा बढी मोरङमा मृत्यू भएको बताउँदै प्रहरीले दशैँको घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।

विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ ।
गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ ।

नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ ।

निष्कर्ष ः चुरोट, खैनी, गुटखा र रक्सी पेय पदार्थ जस्ता विषय वस्तु सिधै कानुन बनाएर बन्द अथवा सो कुरालाई विज्ञ मार्फत सहकार्य गरि राम्रो बाटोतिर जानु उचित होला । नभए जनतालाई जानी जानी ठगे जस्तो देखिन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]