पालिकाका प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित बुधबार, आश्विन ३०, २०८१

तपाईँको पालिकाको प्रमुख प्रशासकीय अधिकृतले सबै भ्रष्टाचारमा संलगन रहनछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको कार्यकारी प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर बिना कुनै भ्रष्टाचार हुनसक्दैनन् भन्ने विषय वस्तु अहिले नेपाली समाजमा व्यापक चर्चा भइरहेको विषय हो । सरकारी कर्मचारीले नेता तथा मन्त्रीलाई कानुनी पाठ पढाई जस्तो सुकै भ्रष्ट काम गराउन सकिन्छ भन्ने विषय वस्तु समाजमा व्यापक चिया गफमा चर्चाको विषय भएको तपाई सुन र गाउँ घरतिर सायद हेर्नुपनि भएको होला ।

हो त्यस्तै नेपाली फिल्म छक्का पञ्जा ५ मा प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार गर्न र रोकन सकिन्छ भन्ने विषय वस्तुमा आधारीत नेपाली फिल्म छक्का पञ्जा ५ मा देखाइएको छ । गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका अध्यक्ष, प्रमुख, मेयर लगायत प्राय अधिकाँश सबैले भ्रष्टाचार गरिरहे्को उत्त फिल्ममा देखाइएको छ । यसो विचार लेखि राख्दा नेपालको ७ सय ५३ ओटै पालिका प्रमुख हरु भ्रष्टाचार गर्नुहुन्छ भनेको होइन, देशमा राम्रो मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख, नगर उप प्रमुख पनि छन ।

मेयरले भ्रष्टाचार कसरी मिलाउनुपर्छ र प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार कसरी गर्न सकिन्छन् । र प्रमुख प्रशासकीय अधिकृतले चाहियो भन्ने सबै भ्रष्टाचार रोकन सकिन्छन् भन्ने विषय वस्तु फिल्ममा उच्च स्तरिय तरिकाले फिल्ममा देखाइएको छ ।

देशको ७ सय ५३ ओटै पालिका प्रमुखहरु थोरै पढेलेखेका र कतिपय स्थानमा त दश कक्षापनि नपढेको वडा अध्यक्षहरु पनि चुनाव जितीरहेको छ । यसो यस विषयमा अध्यण गर्दा सरकारी कर्मचारी लोकसेवा बाट पास गरी आएका कर्मचारीहरु वडा अध्यक्षलाई फन फनी घुमाउदा घातक निर्णय र योजनाहरु पनि पास हुने सम्भावना हुने कुरा त भयो नै । पालीका प्रमुख पढेलेखेको भएता पनि कानुनी धारा, उपधारा, दफा र ऐन कानुन पढाउँदा फन फनी घुमाउदा कसरी देश र पालिका बन्छ सोचनुपर्ने विषय वस्तु हो । भ्रष्टाचार कसरी हुन्छ भन्ने विषय वस्तु जनप्रतिनिधिलाई थाहा हुन्छ भनेर म, हामी र तपाईँलाई पकै थाहा नहुन सकिन्छन् तर कर्मचारीको कामनै कागज मिलाउने र प्रक्रीया अगार्डि बढाउने हुन्छन् । यो कुरा बुझदा कर्मचारी र जनप्रतिनिधि नमिली भ्रष्टाचार हुन सायद सकिदैन होला ।

सरकारी कर्मचारीको तलव र भत्ता मात्रै हेरियो भन्ने उत्त त्यो समयसम्म जुन सम्पत्ति कमाएको छ तेति पुगने अवस्था पनि देखिदैन भनेर फिल्ममा देखाइएको छ । प्राय अधिकाँश सरकारी कर्मचारीहरुको तलव र भत्ताले उनिहरुको सम्पत्ति जोडियो भन्ने पकै अख्तियार दुरुपयोग अनुसन्धानमा जाने देखिन्छन् । फिल्ममा भ्रष्ट नेता र भ्रष्ट प्रमुख प्रशासकिय अधिकृत कसरी बनाउन सकिन्छ भन्ने विषय वस्तु देखाइएको छ ।

दशैँको फुलपति देखि देशभर सिनेमा हलमा छक्का पञ्जा ५ को नेपाली फिल्म लागेको छ । उत्त नेपाली फिल्म पछिल्लो समाचार सुत्र अनुसार पाँच करोड भन्दा बढि रकम संकलन भएको समाचार माध्यममा आएको छ ।

तपाईँ समाचार रेडियो, अनलाइन, टेलिभिजन र अन्य सामाजिक सञ्जाल माध्यम क्षेत्रतिर अधिकाँश समाचारहरु भ्रष्टाचार भइरहेको सायद देखिनुहुन्छ होला । दैनिकि समाचारमा हेर्नुहुन्छ भन्ने सायद म गलत छैन होला । प्राय भ्रष्टाचार, अनियमीतता, सरकारको लाप्रवाहि, हुनेनहुने नेताहरुको शुखा भाषण जस्ता विषय वस्तुहरु सञ्चार माध्यममा हेर्नसक्नुहुन्छ ।

देश भ्रष्टाचारले दुरगन्धिित भएको छ । देशको प्राय अधिकाँश क्षेत्र भ्रष्टाचारले लिप्त छन् । प्रत्येक क्षेत्रलाई दुधले नुहाउदा पनि सफा नहुने अवस्था सृजना भएको छ । प्राय सरकारका सबै सरकारी कार्यालय लगायत देशको स—साना कामहरुमा पनि घुस नखुवाई काम नहुने अवस्था सृजना भएको रेडियो, टेलिभिजन, अनलाईन समाचार माध्यम लगायत देशको अधिकाँश क्षेत्रमा भ्रष्टाचारले लिप्त भएको देखिन्छन् । कुनैपनि कार्यालयको एउटा फाइल अगार्डिको हाकीमसम्म पुर्रयाउन समेत कतिपय कार्यालयमा दुई सय, तिन सय र पाँच सय अथवा त्यो भन्दा बढि घुस अथवा कमिशन नखुवाई फाइल अगार्डि नबढ्ने अवस्था र जनताको सोच माथि प्रश्न उठिरहेको छन् ।

दसैँको अवसर पारेर यही असोज २४ गते (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । भ्रष्टाचार विषय वस्तुमा आधारीत यस फिल्ममा भ्रष्टाचार कसरी गरिन्छन् भन्ने विषय स्पष्ट रुपमा देखाइएको छ । यस विषयमा समाचार अथवा विचार ÷लेख लेखि राख्दा यस फिल्मको चर्चा गर्नैपर्ने देखिन्छन् । नेपाली फिल्म छक्का पञ्जा ५ को कथा वस्तु हेरियौँ भने भ्रष्टाचार गर्न आफनै परिवारीक सदस्यले गर्न मानसीक दवाव दिइएको उत्त फिल्ममा देखाइएको छ जुन विषय वस्तु मार्मिक र सन्देश मुलक रहेको छ । ससुरा बाबाको दवाव र साथिभाईको दवाव र आफनै पत्नीको मायारुपी स्नेहको दवाव यस विषय वस्तुले उत्त नेपाली फिल्म छक्का पञ्जा ५ को सृंखला झनै आर्कषक बनाइएको छ । एउटा साधारण परिवारमा दुख भोगदै हुर्केको केटो ईमान्दार र सफा मन भएको मान्छेको चरित्र देखाइएको छ भन्ने अर्को धनि घरको केटि घमण्डी र कुरा नबुझने विषय वस्तु फिल्ममा देखाइएको छ ।

भ्रष्टाचार विषय वस्तुमा अहिले देशभर विभिन्न अभियान्ताहरुले भ्रष्टाचार विषय वस्तुमा आ—आफना क्षेत्रबाट आवाज उठाइरहेका छन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा प्रवत्ता ज्ञानेन्द्र साहि, अभियान्ता हेमराज थापा, राप्रपा राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेन, कानुन व्यवसायी स्वागत नेपाल, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ लगायतका राजनितिक पार्टि र विभिन्न जनसरोकारवाला अभियान्ताहरुले देशभर मेचिदेखि महाकालीसम्म भ्रष्टाचार विरुद्घ आवाजहरु उठाइरहेको छ । भन्ने भ्रष्टाचारको नाम समेत अहिलेको तत्कालिन अवस्थाले चरम सीमामा देखाइएको छ ।

केही वर्ष अगार्डि हाल तत्कालि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचारीलाई किरा परुण भन्ने नाराकासाथ टि र्सट लगाई भ्रष्टाचार विरुद्घ अभियान चलाएका थिए भन्ने, कानुन बनाई भ्रष्टाचारीलाई मृत्यू दण्ड को कानुनी व्यवस्था होस् भन्ने आवाज उठाइरहेका कानुन व्यवसायि स्वागत नेपाल देशभर सहि र सत्य कुराको आवाज उठाइनै रहेका छन् ।

निष्कर्ष ः यसो विचार र लेख लेखि राख्दा सबै कर्मचारी भ्रष्ट छन भने चैँ पकै होइन होला तर देशको अवस्थाले प्राय अधिकाँश सरकारी कर्मचारीको सम्पत्ति हेर्दा भ्रष्टाचार पकै भएकै हो भन्ने प्रष्ट बुझिन्छन् । लोकसेवा परिक्षा पास गरि आएका सबै कर्मचारी भ्रष्ट छन भन्ने पनि होइन होला । देशको कतिपय स्थानमा अहिलेसम्म पनि इमान्दार र जवाफदेहि कर्मचारीहरु प्रस्सत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]