

कटहरी / मोरङको कटहरी गाउँपालीकाको विद्घयार्थीहरुलाई निशुल्क टयूशन कक्षा सञ्चालन भएपछि २४ जना विद्घयार्थी सहभागी भएको छ । एस ई ई परीक्षाको नतिजा सार्वजनिक भएसंगै अधिकाँस विध्यार्थी एन जी ल्याएका थिए । कटहरीको शिक्षा क्षेत्र तथा एस ई ई परीक्षा सुधार गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरीएको छ ।
कटहरीमा तीन ओटा सामुदयीक माध्यमिक विद्घयालयमा १ सय पचासी जना विद्घयार्थी मध्य मात्रै १५ जना उतिर्ण भएकोले उत्त कार्यक्रम गर्न गरिएको आयोजक सदस्य दिपक यादवले बताए । यादवका अनुसार आजको कक्षामा २४ जना एन जी ल्याएका विद्घयार्थी सहभागी भइ ज्ञान हासील गरीएको फोन सम्र्पक माफर्त जानकारी गराए । असार २० गतेदेखि कक्षा सञ्चालन बिहान ७ बजे देखि ९ बजेसम्म श्री आधारभुत विद्घयालय खरबना कटहरी वडा नम्वर ४ मा भइरहेको बताए ।
यस कार्यक्रमका आयोजक गोकुल भटराइ र सदस्य मनोज कार्कि, सरोज पोख्रेल, संजित साह लगायतको सहयोगमा उत्त कक्षा सञ्चालन हुने गरेको छ ।