

विराटनगर / राष्ट्रको तिन तह सरकारले दलित महिलाहरुलाई बजेट छुुट्याउनुपर्ने विकास प्रक्रियामा दलित महिलाहरुले माग गरेका छन । नेपालको संघिय सरकार, प्रदेश सरकार र स्थानीयतहका पालिकाहरले दलित महिलहरूको लागि बजेट छुट्याउनु पर्ने माग गरेका छन ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा विकास प्रक्रियामा दलित महिलाको समाहिकरणका लागि संचारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो माग दलित महिलाहरूले गरेका हुन ।
नेपालको कानुनमा दलित महिलाहरुको हक अधिकारका विषयमा कागजमा लेखिएपनि ब्यवहारमा भने लागू हुन नसकेको समेत दलित अगुवा महिलाहरुले गुनासो गरेका छन ।
नेपालको नयाँ संविधानमा दलित महिलाहरुको अधिकारका विषय उल्लेख भएपनि राज्यको तीनवटै सरकार संघिय, प्रदेश र स्थानीय तहले महिलाको नाममा बजेट छुट्याएपनि त्यो बजेट नेता, मन्त्री तथा कर्मचारीको आसेपासेले सेटिङमा खर्च गर्ने गरेको देखिन्छ ।
कार्यक्रममा बोलदै दलित समुदायको अधिकारलाई कागजमै मात्र सिमित नराखी हरेक स्थानिय तह तथा वडाहरुलाई विकास प्रक्रियामा समाहिकरण हुने गरि दलित महिला संघ (फेडो) कोशी प्रदेश सचिव दर्गा नेपालीले वताईन ।