नयाँ व्यवस्थापनमा वि एन एस होटेल म्यानेजमेन्ट कलेज सन्चालन

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित मंगलबार, आषाढ १८, २०८१

कोशी प्रदेशको राजधानी विराटनगर तिनपैनि चौकमा वि एन एस स्कुल अफ होटेल म्यानेजमेन्ट नामक नयाँ शैक्षिक संस्था सन्चालनमा आएको छ । यस कलेजले होटेल व्यवस्थापन सम्बन्धि विशेष कक्षा सन्चालन तथा अध्यापन गराउने पहिलो संस्था रहेको हो ।

कलेजका प्रशासकीय प्रमुख सम्भु माझीका अनुसार विश्व स्तरीय होटेलका लागी दक्ष्य जनशत्ति उत्पादका लागी यस शैक्षिक संस्था स्थापना भएको हो ।

सक्ष्म जनशक्ति, कुशल व्यवस्थापन, उत्कृष्ठ शैक्षिक वातावरण कक्षा कोठा, दक्ष्य तथा अनुभवी प्रध्यापक प्रशिक्षक वाट अध्यापन गराउने उत्त कलेजको मुख्य उदेश्यका साथ सन्चालन भएको हो ।

हाल एस ई ई परीक्षा उतिर्ण विध्यार्थिका लागी कक्षा ११ र १२ को लागी होटेल म्यानेजमेन्टका लागी विशेष कक्षा सन्चालन हुने भएको छ । प्रदेशको राजधानी विराटनगर तथा आसपासका विध्यार्थिहरुलाइ लक्ष्ति गरी यस कलेजले कार्यक्रम ल्याएको हो ।

कलेजका कायक्रम निर्देशक मनोज राजवंशीका अनुसार कक्षा १२ पुगेपछि थप तिन ओटा तालीम दिने बताएका छन । भन्ने बेकरी र बार टेन्डरको ७ दिने तालिम तथा बारीष्टाको ५ दिने तालीम दिइनेछ । कलेजले प्रयोगात्मक शिक्षा दिदै विराटनगरका विभिन्न प्रसिध होटेलहरु संग सहकार्य गर्ने बताए । यसले गर्दा विध्यार्थिले पढदै, शिप सिक्दै दक्ष्य बन्ने राम्रो अवसर पाउने कलेजको दावि छ । कलेज भित्र अत्याधुनिक होटेल म्यानेजमेन्टका विध्यार्थिका लागी छुटाछुटै सुविधा सम्पन प्रयोगात्मक ल्यावको पनि व्यवस्था गरीएको छ । साथै कलेजको आफनै रेष्टुरेन्ट पनि छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]