

दुहबी / सुनसरीको दुहबी नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी ,वृक्षारोपण र झन्डोत्तोलन कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
संविधान दिवसको अवसरमा बिहिवार बिहान बिभन्न बिधालयका बिधार्थिहरु, सुरक्षाकर्मी विभिन्न संघसंस्थाको ब्यानर सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
दुहबी नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार नगरपालिका गेट अगाडि मेयर ज्युको हातबाट वृक्षारोपण गरि प्रभातफेरी कार्यक्रम वृक्षारोपण र झन्डोत्तोलन कार्यक्रम (राष्ट्रिय झणडा फहराउने कार्यक्रम) आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले जानकारी दिए ।
नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले डागा चौक, ट्राफिक चौक, शिव मन्दिर चौक, राधाकृष्ण मन्दिर चौक, ढकाल चौक, थाना रोड बजार एरिया लगायतका स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोणसभामा परिणत भएको थियो ।
सौ कोणसभामा बोल्दै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले संविधान संसोधन गर्नुपर्नेमा जोड दिदैं संविधानको महत्त्वको बारेमा चर्चा गरेका थिए ।
नगर प्रमुख बेदनरायण गच्छदारको संयोजकत्वमा आयोजना भएक प्रभातफेरी कार्यक्रममा, उप–प्रमुख वडा अध्यक्ष वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, इप्रका दुहबी, दुहबी ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल दुहबी, महेन्द्र मेमोरियल एकडेमि, माउन्ट मनासोलु सेकेन्ड्री स्कुल, सरस्वती उमाबी, दुहबी चिल्ड्रेन, पंचायत अधारभुत, मेघान्नद बोडिङ स्कुल, विधा संस्कार एकडेमी, रौनियार महिला मंच ,रेडक्रस दुहबी र नगरपालिकाका सबै शाखा अन्तरगत रहेका कर्मचारीहरु स्थानीय राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थी, शिक्षक लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।