

नेपालमा गनतन्त्र, लोकतन्त्र, राजतन्त्र र संघियता जेसुकै तन्त्र अएपनि नेपाल सम्वृद्म हुन त देशको पहिलो व्यत्ति देखि न्यून स्तरको सर्वसाधारण नेपाली जनता आफनो अधिकार लिन सक्ष्म हुन जरुरि छन् । नेपाली सक्ष्म पढेलेखेका नागरिकले सत प्रतिशत आफनो अधिकार लिन र सहज रुपले पाउन सकियो भने मात्रै यो देश र जनताको जीवन सफल र सम्पन हुन सक्छन् । न्यून आय स्तरको जनता दैनिकी रोजीरोटीमा व्यस्त भएपनि पढेलेखेका जनताले यस विषयमा अग्रसरता देखाउन एकमै जरुरि छन् ।
नेपालमा जुनसुकै तन्त्र आएपनि बैज्ञानिक तथा बौद्घिक रुपले सरकार र जनता आर्थिक, प्राकृकि रुपमा सम्पन हुन सकनुपर्छ । बिदेशी राष्ट्रियमा शिक्षा नै त्यो लेबलको दिन्छ कि त्यहाँको बालबालिका र यहाँको शिक्षको गुण्स्तरीय धेरैको फरक हुन्छन् ।
यो देशमा दैनिकी यूवाहरु रोजगारि अभाव तथा योग्यताको आधारमा रोजगारि व्यवस्थापन नहुनुले विदेश पलायन हुनु एक किसिमको स्वभाविक विषय वस्तु नै हो । जहाँ विद्मार्थि पढेलेखेर रोजगार तथा आधारभुत आव्शयत्ता पुरा गर्न नसकेपछि बाध्य भएर विदेश जानुपरेको भनेर सामाजिक सञ्जालमा दैनिकी हामी र तपाईँ हेरिरहेको अवस्था छ ।
यो तन्त्र, यो वाद र त्यो वादले देश र जनता आर्थिक रुपले सक्ष्म हुदैनन् । जनता आफै कुरा बुझन र आफनो अधिकार लिन आउनुपर्ने हुन्छ । नेपालको संविधानले प्रत्येक नागरिकको अधिकार श्ुनिष्चित गरिएको छ । आफनो पालिका तथा आफनो क्षेत्रमा के कस्तो योजना र कामहरु भइरहेको छ भनी थाहा पाउनुपर्छ । हिसाब किताब गर्ने जस्ता कार्यहरु अनिवार्य रुपले गर्नैपर्नेहुन्छ । अधिकाँश पालिका तथा मन्त्रालयमा फोन गरि सुचना मागदा र सोददा मात्रै ठेकोदार तथा माफियाहरुले केहि विषय वस्तुको हिसाब किताब मागदछन् यस विषयमा नेपाली जनता स्वयम सक्ष्म हुन जरुरि छन् तर यहाँ प्राय नेपाली सर्वसाधारण रोजीरोटिमै व्यस्त छन् । र विभिन्न कम्पनिको एजेन्टहरु पालिका ÷ पालिका धाएर बजेट मात्रै कसरि सकिन्छ भनेर दिनरात पालिका र मन्त्रालय धाउने गरेको तपाईँ र तपाईँको कार्यालय तिर प्रष्ट रुपले हेर्न सकनुहुन्छ ।
नेपालको संविधानले प्रत्येक नागरिकको कानुनी अधिकार शुनिष्चित गरेपनि नेपाली जनता यस विषयमा बेखबर तथा सो कुराको आफुमा सक्ष्मता देखाउन नसकेकै हो । तपाईँको बजेट तपाईँको घर अगार्डि भएपनि जनता थाहै नपाए जस्तो देखिन्छन् ।