कोशी अस्पतालमा कसैले २५% छुट , कसैले ५०% छुट पाउछन भन्ने कसैले ७५% छुट त कसैले सय प्रतिशत नै छुट

Logo
संजय राजवंशी/ विराटनगर प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

कोशी अस्पतालमा कसैले २५% छुट , कसैले ५०% छुट पाउछन भन्ने कसैले ७५% छुट त कसैले सय प्रतिशत नै छुट पाउछन । के तपाइ बिरामी हुनुहुन्छ , के तपाइ सस्तो रकममा राम्रो उपचार खोजदै हुनुहुन्छ । तपाइ कोशी अस्पतालमा गएर रु ५० को पुर्जि काटेर सामाजिक कार्ड सेवा शाखा गएर २५% देखि ७५% भन्दापनि थोरै रकममा उपचार गराउन सक्नुहुन्छ । जुन विषय उपचार गराउन आएका सर्वसाधारण जनतालाइ केही थाहा नभएर हरेक दिन सोझासाझ नेपाली जनता लाइनमा बसेर उपचार खर्च रकम भुत्तानी गर्दछन । सामाजिक इकाइ वाट रु ५० लााख मा उत्त सेवा उपल्बध गराएको अस्पताल स्रोतले जनएको छ । उत्त रकमा विपन्न वर्ग तथा निम्न वर्गहरुले सहज र सहयोगको लागि रहेको बताए ।

एक सेवा ग्राहि भन्छन “ मलाइ थाहै भएन चार हजार र पाच हजारको चेकजाँच खर्च भुत्तानी गरीसके तर मलाइ बल्ल अहिले एक जना गाउँको भाइले भनिसकेपछि मात्र मैले अहिले पैतिस सय मा हुने काम मात्रै रु सत्र सय पचास मा भयो , म जस्तै धेरै छन यहाँ थाहै नभएको मान्छे ” । तपाइ त्यहाँ धेरै यस्ता विषय र जनताका वास्तिविक सम्सया हेर्न सक्नुहुन्छ । बलड बैङ्ग कहाँ छन ? , डाक्टरले राम्रो संग बिरामी हेरेन कहाँ भन्ने अथवा गुनासो कहाँ भन्ने ? , डाक्टर समयमा आएन कस्लाइ भन्ने ? , साइकल , बाइक कहाँ पार्क गर्ने ? साइकल चोरी भयो के गर्ने ? यस्ता सम्स्या दैनिकी हेर्न र जनता भोगी रहेको अवस्था छ ।

बिमा नभएको व्यत्तिको लागि सिधै बिरामी लिएर कोशी अस्पताल गेट छिर्ने वित्तिकै उत्तर साइडमा रहेको प्रशासनिक भवनको सामाजिक कार्ड सेवा भएको कोठामा वडा , पालिका वाट विपन्न र आर्थिक अवस्था कमजोर भएको सिफारीस ल्याएर छुट फार्म भरेर चाहेजति छुट गर्नसक्नुहुन्छ । तर नेपाली समाजलाइ यस विषयमा केहि व्यत्ति तथा केही निश्चित समुदाय र वर्गले मात्रै सेवासुविधा भोग गरेको देखिन्छ । सामाजिक इकाइ वाट ५० लाख बजेटले उत्त छुट सेवा उपल्बध भएको प्रमुख अस्पताल नर्सिङ्ग प्रसाशक मन्जु यादवले बताए । र सो बजेट ५० लाखमा ८ जना कर्मचारीको तलब पनि त्यही रकम वाट भुत्तानी गर्ने गरेको यादवले बताए । ओ सि एम सी मा ४० लाख बजेट छुटयाउछन भने उत्त बजेटमा एक जना कर्मचारी खटाइएकोे छ ।

नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्याक्रम अनुसार यस अस्पतालबाट सेवाग्राहिहरुका लागि निशुल्क तथा न्यूनतम शुल्कमा विशिष्ट स्वास्थ्य सेवा , उपचारात्मक , निरोधात्मक तथा पुर्नस्थापनात्मक सेवासम्मका विभिन्न स्वास्थ्य सम्बन्धी सेवा तथा कार्यक्रमहरु संचालन हुंदै आएको कुरा सर्वविदित नै छ । कोशी अस्पताल विराटनगरबाट संचालित निशुल्क तथा न्यूनतम शुल्कमा तपशिल बमोजिमका सेवाहरु संचालनमा रहेको हुँदा तपशिल बमोजिमका सेवाहरु लिई लाभ लिनुहुन आम सेवाग्राही वर्गमा विज्ञापन मार्फत सुसूचित गरिएको विज्ञापनमा उल्लेख छ । आङ्ग खसेका महिलाको लागि निशुल्क शल्यक्रिया , हाइड्रोशिल भएका विरामीहरुको लागि निशुल्क शल्यक्रिया , हातिपाइले भएका विरामीकालागि निशुल्क उपचार सेवा , एकदवार संकट व्यवस्थापन कार्यक्रम ( लैंगिक हिंसा पिडितलाई निशुल्क उपचारात्मक तथा पुनस्थापना सेवा , सामाजिक सेवा इकाइ मार्फत विपन्न नागरिकको निशुल्क उपाचार सेवा , स्वास्थ्य विमा सेवा , पोषण पुनर्स्थापना गृह संचालन कुपोषित बालबालिकालाई निशुल्क उपचार सेवा , निशुल्क गर्भपतन सेवा , भर्ना भएका विरामिका लागि निशुल्क रासनको व्यवस्था , आमा सुरक्षा कार्यक्रमः निशुल्क प्रसुति सेवा , नवजात शिशुको निशुल्क उपचार सेवा , खोप सेवा परिवार नियोजन सेवा , कुष्ठरोग निवारण कार्यक्रम संचालन , एच.आइ.भि एड्स सम्बन्धी ए.आर.टी. र मेथाडोन जस्ता सेवाहरु उपल्बध बारे मिडियामा प्रचारप्रसार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]