माेरङ्ग जिल्ला कानेपाेखरी वडा न ७ मा घर भएका खेल प्रेमी युवा समाज सेवी युवराज भुजेल नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दाे महासघकाे बैठक वाट काेशि प्रदेशकाे सँयाेजकमा युवराज भुजेललाई हालै जिम्मेवारी दिएकाे जानकारी नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दाे महासघका अध्यक्ष कुशल वुढामगरले फाेन मार्फत थारु पाेर्टललाई वताएका छन ।
भुजेल २०८०साल देखी CHITFकाे जिल्ला अध्यक्षकाे रुपमा जिल्ला समाल्दै आईरहेकाे थियाे भने जिल्लामा निकै राम्रा राम्रा कामहरु गरेर खेल जगतकाे नाम राख्न समेत सफल भएकाे थियाे ।जेठमा भएकाे पहिलाे एसिएन खेलमा उत्कृष्ट एमपायर तथा उहाँकाे डाेजाङ्गले १७जना खेलाडीले प्रथम, दाेस्राे र तेस्राे मेडल समेत हात पार्न सफल भएका थिए । माेरङका विभिन्न स्थानमा ४ सय खेलाडीहरुलाई तेक्वान्दाे खेल खेलाई रहेकाे छ । भुजेलले १३जना १ डान, २जना २डान, २जना ३ डान खेलाडी उत्पादन गरिसकेकाे छ भने हालै २ दिने एमपायर तालिम तथा सेमिनार अन्तराष्ट्रिय तेक्वान्दाे महासघकाे केन्द्रिय उपाध्यक्ष आशमा श्रेष्ट र नितेश राैनियार लगायत आई उक्त सेमिनार गराएका थिए ।
प्रदेशका प्रतेक जिल्ला जिल्लामा CHITF गठन गरेर खेल सँचालन गर्ने भुजेलकाे उदेश्य रहेकाे छ भने तेहथुम जिल्लामा केही दिनमै गठन गर्ने भएकाे छ भने गठन सगै १ सय भन्दा वढी खेलाडीहरु खेल खेल्न तयार भईसकेकाे जानकारी काेशि प्रदेशकाे सँयाेजकमा युवराज भुजेलले दिनु भयाे ।