डिपिएस एकेडेमीले विराटनगर यू-१४ फुटसल टुर्नामेन्टको उपाधि जित्यो

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र १०, २०८१

विराटनगर/विराटनगर स्थित जेएनएल फुटसलमा सम्पन्न भएको यू-१४ फुटसल टुर्नामेन्टको उपाधि डिपिएस एकेडेमीले जितेको छ। सोमबार भएको फाइनल खेलमा डिपिएस एकेडेमीले विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी)लाई पेनाल्टी सुटआउटमा ३-२ को गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

 

निर्धारित समयभित्र दुवै टोलीले समान गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै डिपिएस एकेडेमीले नगद ५००० रुपैयाँ, ट्रफी, र मेडल जित्न सफल भयो। उपविजेता बिसीएफसीले नगद २००० रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गर्‍यो।

 

प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका थिए, जसमा बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनियर, र बुडीगंगा स्पोर्ट्स क्लब समावेश थिए।

 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि अस्मिन बस्नेतले प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीको उपाधि अमन दाँहाले जिते।

 

कार्यक्रमका प्रमुख अतिथि, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।

नेपालमा फुटसलको इतिहास नयाँ भए पनि यसले युवा फुटबलरहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै, जेएनएल फुटसलका सञ्चालक शुभाशिस कोइरालाको कामको प्रशंसा गरियो। जेएनएल फुटसल लामो समयदेखि खेलाडीहरूको विकासमा सक्रिय रहेको र यो स्थान युवाहरूको रोजाइमा पर्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]