विराटनगरमा यू-१४ फुटसल टुनामेन्ट: खेलकुदको क्रेज कायम राख्ने पहल

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र ०९, २०८१

विराटनगर/विराटनगर-९ स्थित भिआइपी रोडमा रहेको जेएनएल फुटसलमा आगामी भाद्र १० गतेदेखि यू-१४ फुटसल टुनामेन्ट हुने भएको छ। यो प्रतियोगिता बिहान ८ बजेबाट सुरु हुनेछ। फुटबलको परिमार्जित स्वरुप फुटसलमा विराटनगरका युवाहरुको उल्लेखनीय सहभागिता हुँदै आएको छ। यस प्रतियोगिताले यू-१४ का खेलाडीलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गरेर होनहार फुटबलरहरुको पहिचान र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

 

यसैलाई मध्यनजर गर्दै खेलकुदप्रतिको विराटनगरको ‘क्रेज’ लाई कायम राख्ने उद्देश्यले विराटनगर महानगरपालिका–९ का शुभाशीष कोइरालाले सञ्चालनमा ल्याएको जेएनएल फुटसलले खेलाडीहरुको पहिचान र विकासमा निरन्तरता दिँदै आएको छ।

 

विराटनगर सिटी एफसीले आयोजना गरेको यस यू-१४ प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाउने भएका छन्। प्रतियोगितामा बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनियर, र बुडीगंगा स्पोर्ट्स क्लब गरी आठवटा टिमहरू प्रतिस्पर्धा गर्ने छन्।

 

प्रतियोगिताका बिजेताले ५००० नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने दोस्रो हुनेले २००० नगदसहित ट्रफी र मेडल जित्नेछन्। यस प्रतियोगिताले विराटनगरमा युवा खेलाडीहरुको विकास र खेलकुदप्रतिको उत्साहलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी
व्यवस्थापक:-मोहन कुमार राजवंशी
समाचार संयोजक:-राजेश कुमार राजवंशी
समाचार सह संयोजक:-सरिता कर्मकार
ग्राफिकस:-शिबनारायण राजवंशी,विराटनगर
सहकर्मी:-बिध्यानन्द चौधरी, कानेपोखरी
बजार सहकर्मी:-अजय यादव, विराटनगर
सहकर्मी:-चन्दन रौनियार, सुनसरी
सहकर्मी:-जनक राजवंशी, झापा

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]