यूनाईटेड अजोड विरुद्ध उच्च अदालत विराटनगरमा अवहेलना मुद्दा दर्ता

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित सोमबार, आषाढ १०, २०८१

विराटनगर / कोरोना बीमा वापतको रकम भुक्तानी दिन गरेको फैसला र पत्रचार कार्यान्वयन गर्न आलटाल गर्ने यूनाईटेड अजोड इन्सोरेन्स कम्पनी लिमिडेड विरुद्ध नेपाल पत्रकार महासंघका सचिव नेत्र प्रसाद अधिकारी सहितको टोलीले आज उच्च अदालत विराटनगरमा अदालतको अवहेलनामा सजाय गरी पाउँ भनी निवेदन दर्ता गराएका छन् ।

निवेदन दर्ता भएसँगै असार १२ गतेको लागि पेशी तारेख तोकिएको छ । अदालतको अवहेलनामा न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम कम्पनीलाइ १ वर्ष कैद १० हजार जरिवाना वा दुबै हुने उच्च अदालत विराटनगरका उप रजिष्टार टिकेन्द्र जङ्गवीर रानाले वताए ।

उच्च अदालत विराटनगरबाट २०७९ जेठ १६ गते कोरोना विमा वापतको रकम भुक्तानी नगर्ने बीमा कम्पनी अजोड इन्स्योरेन्स विरुद्ध परमादेशको आदेश जारी हुने ठहर सहित फैसला भएको थियो । उक्त आदेश कार्यान्वयन नभएपछि महासंघका सचिव अधिकारीले यूनाईटेड इन्स्योरेन्स लिमिटेड विराटनगर शाखा समेतलाई आदेश कार्यान्वयनको माग गर्दै २०८१ बैशाख २५ गते निवेदन दर्ता गराएका थिए । निवेदनका आधारमा २०७९ जेठ १६ को परमादेशका आदेश बमोजिमको कार्य अवलम्ब गर्नु गराउनु भनी उच्च अदालतले पत्रचार गरेका थिए ।
फैसला कार्यान्वयनको लागि उच्च अदालत विराटनगरले च. नं. ५६८५ मिति २०८१ बैशाख २५ गते पत्रचार गरेको थियो । सो पत्रको समेत वेवास्ता गरेकोले युनाईटेड अजोड कम्पनी लिमिटेड विरुद्ध अदालतको अवहेलनमा मुद्दा दर्ता गराएको अधिकारीले वताए ।

कोभिड १९ को संक्रमण सरु भएपछि बीमा कम्पनीहरुले कोरोना बीमाका कार्यक्रम ल्याएका थिए । नेपाल पत्रकार महासंघ मोरंग शाखाले पनि सदस्यहरुको बीमा अजोड यन्स्योरेन्स मार्फत गराएको थियो । केही सदस्यले कोरोना लागेपछि बीमा दावी भुक्तानी गरेपनि बीमा कम्पनीले ३३ जना पत्रकारहरुको दावी भुक्तानी नगरी आलटाल गरेको थियो । महासंघका सचिव अधिकारीले बीमा दावी भुक्तनी नगरेको भन्दै कम्पनी विरुद्ध २०७८ श्रावण ३२ गते उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।

तत्कालीन उच्च अदालतका न्यायधिश द्धय सत्यमोहन जोशी थारु र जगतनारायण प्रधानको इजलाशले दावी भुक्तानी दिन बीमा कम्पनीका नाममा परमादेश जारी गरेका थिए । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड एकिकरण भई हाल युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिडेड भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]